अन्तर्राष्ट्रिय

बंगलादेशमा हिन्दू अल्पसङ्ख्यकमाथि हिंसा भइरहेको भन्दै डच नेताद्वारा निन्दा

By खबरहब

August 11, 2024

काठमाडौं– बंगलादेशमा जारी सामाजिक अस्थीरताबीच हिन्दू अल्पङ्ख्यकमाथि दमन भइरहेको भन्दै चिन्ताहरू उत्पन्न भइरहेका छन् ।

हिंसात्मक आन्दोलनमाझ प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै पछिल्लो समय बंगलादेशमा हिन्दू र अन्य अल्पसङ्ख्यकलाई लक्षित गरी हिंसा भइरहेको समाचारहरू आइरहेका छन् ।

यसैबीच नेदरल्याण्ड्सको फ्रिडम पार्टीका नेता ग्रिट वाइल्डर्सले बंगलादेशमा हिन्दूहरुमाथि भइरहेको हिंसाको निन्दा गरेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार हिन्दूमाथि जारी हिंसामा परी हालसम्म धेरै जनाको मृत्यु भइसकेको छ भने हिन्दू धर्मावलम्बीका घर र मन्दिर ध्वस्त भएका छन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै वाइल्डर्सले बंगलादेशमा ‘भयानक’ घटना भइरहेको जनाएका छन् । उनले तत्काल हिंसा अन्त्यको आह्वान पनि गरेका छन् ।