‘प्याकुली’मा वैदेशिक रोजगारीमा रहेको युवाको कथा « Khabarhub

‘प्याकुली’मा वैदेशिक रोजगारीमा रहेको युवाको कथा


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारीमा रहेका युवाको कथामा म्युजिकल फिल्म ‘प्याकुली‘ सार्वजनिक भएको छ । सुन्धारास्थित एक हलमा एक कार्यक्रमको आयोजना गरी शनिबार सो म्युजिकल फिल्म औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

रामहरि खड्का ‘आरआर’को शब्दमा रहेको सो गीतमा बाबुल गिरीको संगीत र स्वर रहेको छ । आफूले नजिकबाट देखेको कथालाई समेटर यो सामाग्री तयार पारेको आरआरको दाबी छ । भिडियो उनी नै मुख्य भूमिकामा देखिएका छन् ।

आरआर भन्छन्, ‘यो घरघरको कथा हो । अधिकांश मान्छे विदेशमा छ । श्रीमान विदेशमा, श्रीमती गाउँमा, सफा नियतले पनि बोल्नै गाह्रो छ । मैलै गाउँमै भोगेको कथा हो । समाजप्रति दायित्व लागेर यो निर्माण गरेका हौं ।’

भिडियोको शीर्ष भूमिकामा रहेकी तलिशा गुरूङले नेपाली समाजको कथालाई प्रस्तुत गर्ने पात्र निर्वाह गर्ने अवसर पाएकामा खुशी व्यक्त गरिन् । त्यस्तै, गायक बाबुल गिरीले समाजको चित्रण गरिएको गीतमा जोडिदा विशेष अनुभव प्राप्त गरेको बताए ।

नीतिन चन्दले निर्देशन यस म्युजिकल फिल्ममा आरआरसहित तलिशा गुरूङ, महेश खड्का, घनश्याम जोशी, बाल कलाकार रोनिश खड्काको अभिनय रहेको छ ।

गीत सार्वजनिक समारोहमा कलाकार एवं निर्देशक दिपाश्री निरौला, कलाकार शिवहरि पौडेल लगायत कला क्षेत्रका निर्माता निर्देशकको बाक्लो उपस्थिति थियो ।

भिडियाे

 

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १० : ३८ बजे

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल

पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति

उत्तराखण्ड हेलिकप्टर दुर्घटना : सबै छ जनाको मृत्यु

काठमाडौं- उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता

टोकियो– जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा