ग्रामीण विकासका लागि कोरियाको एक अर्ब सहयोग « Khabarhub

ग्रामीण विकासका लागि कोरियाको एक अर्ब सहयोग


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८० लाख अमेरिकी डलर (एक अर्ब ७ करोड) प्रदान गर्ने भएको छ।

कोइका र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबिच मङ्गलबार समावेशी ग्रामीण विकास परियोजना (आइआरडिपी) का निम्ति उक्त रकम प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा कोरिया सरकारका तर्फबाट कोइकाका देशीय निर्देशक मोह्युन कोङ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट सहसचिव कालीप्रसाद पराजुलीले हस्ताक्षर गरेका हुन्।

कोइकाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार परियोजनाको कार्यक्षेत्र बर्दिया जिल्लाका आठ स्थानीय तह हुनेछन्।

परियोजनाको मुख्य उद्देश्य बर्दिया जिल्लाका समुदायको कृषि उत्पादनको लागि क्षमता अभिवृद्धि, बजार सम्बन्ध स्थापना गरी मूल्य अभिवृद्धिको एकीकरण मार्फत मूल्य शृङ्खलाको स्तरोन्नति गर्ने र पर्यावरणीय पर्यटन पहललाई बढावा दिँदै दिगो र लचिलो जीविकोपार्जन र स्थानीय अर्थतन्त्रको प्रवर्द्धन गर्नु हो।

त्यस अवसरमा देशीय निर्देशक मोह्युनले परियोजना नेपालको ग्रामीण विकासमा कोरियाली ज्ञान र प्रविधि ल्याउने अवसर हुने बताउँदै नवलपरासीमा पनि यस्तै परियोजनाको सफल कार्यान्वयन भएको जानकारी दिए। कोइकाको समावेशी ग्रामीण विकास परियोजना सन् २०१६–२०२२ सम्म नवलपरासीमा सफलतापूर्वक कार्यान्वयन भएको थियो। नेपालका अन्य भागमा पनि त्यस्ता परियोजनाको आवश्यकता महसुस भएकाले दोस्रो चरणको कृषि र ग्रामीण विकास परियोजना कार्यान्वयनमा ल्याइएको हो।

कार्यक्रममा नेपाल र कोरियाको कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भएको स्मरणसमेत गरिएको थियो।

कोरिया सरकारले सन् १९९१ देखि कोइकामार्फत नेपाल सरकारलाई स्वास्थ्य, कृषि, शिक्षा (प्राविधिक), व्यावसायिक तालिम, ग्रामीण विकास र सूचना प्रविधिका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ६ : २७ बजे

स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय