सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिनका लागि कांग्रेस तयार « Khabarhub

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिनका लागि कांग्रेस तयार


२६ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारढ नेपाली कांग्रेसले ललितपुरस्थित एक सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ बचत अपचलनमा मुछिएका उपसभापति धनराज गुरुङमाथि छानबिन गर्न दिने निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले धनराजमाथि छानबिनका लागि पार्टी तयार रहेको निष्कर्ष निकालेको हो ।

बैठकपछि पार्टी संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले उपसभापति गुरुङ सहकारी प्रकरणमा मुछिएको विषयमा कांग्रेसको धारणा प्रष्ट रहेको बताउँदै यसमा छानबिनका लागि ढोका खोल्ने निर्णय भएको जानकारी दिए ।

‘उहाँ (धनराजण) ले गल्ती गर्नुभएको भए सजाय हुन्छ।  सहकारी प्रकरणमा छानबिनका लागि कांग्रेस तयार छ’, उनले भने, ‘यसमा कांग्रेस प्रष्ट छ, छानबिनको कुरामा कांग्रेसमा कुनै द्विविधा छैन ।’

घिमिरेले गुरुङले नक्कली डिभोर्स गरेको भनेर उठाइएको कुराको भने प्रतिवाद गरेको छ। ‘डिभोर्स पनि कहीँ नक्कली हुन्छ ? कानुनबमोजिम भएको कुरा नक्कली हुँदैन’, उनले भने, ‘उपसभापति गुरुङले कानुनी रुपमा डिभोर्स गरिसकेपछि त्यो उहाँको निजी कुरा हो । डिभोर्सको बिषयमा छलफल हुन सक्दैन।’

प्रमुख सचेतक घिमिरेले उपसभापति गुरुङ आफैँले मंगलबार संसद् बैठकमा पनि छानबिनका लागि तयार रहेको बताइसकेको कुरा स्मरण गराए । उनले सहकारी प्रकरणमा अनुसन्धान प्रकिया अघि बढाउन पार्टी तयार रहेको जानकारी पत्रकारलाई दिए ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  १२ : ३२ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछ : मन्त्री पोखरेल

कर्णाली– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको

विपद्का बेला दूरसञ्चार सेवा तयारी अवस्थामा राख्न मन्त्री तिमिल्सिनाको जोड

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विपद्को समयमा नेपाल

चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

काठमाडौँ –चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ

अमेरिकाले १५० भन्दा बढी अफगान नागरिकलाई निर्वासन गर्ने तयारी गरेपछि तालिबानको चिन्ता

काठमाडौँ – अमेरिकाले १५० भन्दा बढी अफगान नागरिकलाई पाकिस्तान हुँदै

सालका रुख अवैध रुपमा कटान

खोटाङ – साल (सखुवा)का  रूख अवैध रुपमा ढालेर कटान गरेको