चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध « Khabarhub

चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध


२६ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले खेल मिलोमतो गरेको आरोपमा ४३ फुटबल खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । चिनियाँ फुटबल एसोसियंसाले दुई वर्षको छानबिनपछि ४३ फुटबल खेलाडी र पाँच क्लबका अधिकारीहरूलाई आजीवन प्रतिबन्ध लगाएको हो ।

अनुसन्धानले चीनमा १२० खेलमा फिक्सिङ् भएको जनाएको छ, जसमा ४१ फुटबल क्लब संलग्न रहेको पाइएको छ ।

प्रतिबन्ध लाग्ने खेलाडीमा चीनको राष्ट्रिय टिमका पूर्व तीन खेलाडी सामेल छन् । जसमा जिन जिंगडाओ, गुओ टियान्यु र गु चाओ रहेका छन् भने दक्षिण कोरियाका सन् जुन हो पनि रहेका छन् । उनीहरूलाई आजीवन प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाली खेलाडी सन गत मार्चमा चीनमा १० महिनासम्म पक्राउ परेपछि दक्षिण कोरिया फर्किएका थिए ।

एशोसियसनका अध्यक्षसँग काइले यस प्रकरणमा ४३ जनालाई आजीवन प्रतिबन्ध लगाइएको र अन्य १७ जनालाई पाँच वर्षको प्रतिबन्ध लागेको जानकारी दिएका छन् ।

यस अघि अगस्टमा पूर्व उपाध्यक्षलाई अनियमितताको आरोपमा ११ वर्षको जेल सजायमा पठाइएको थियो भने एशोसियसनका पूर्व अध्यक्षलाई गत मार्चमा आजीवन कारावासमा पठाइएको थियो ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  १२ : ३६ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६