उपसभामुखलाई कांग्रेस सांसद गौतमले भनिन्- गल्ती स्वीकारिसक्नु भयो, अब राजनीनामा दिनुस् « Khabarhub

उपसभामुखलाई कांग्रेस सांसद गौतमले भनिन्- गल्ती स्वीकारिसक्नु भयो, अब राजनीनामा दिनुस्


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट राजीनामा दिएर इमानको मानक राख्न सुझाव दिएकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले पदीय इमान नभए पनि लोकतन्त्रमा संख्याले काम गर्ने स्मरण गराउँदै रानामगरलाई पद छाडेर इमानको मानक राख्न सुझाव दिएकी हुन् ।

‘जब पदीय इमान हुँदैन, तब लोकतन्त्रमा संख्याले आफ्नो काम गर्छ,’ गौतमले भनिन्, ‘मेरो उपसभामुखलाई आग्रह छ तपाईंले इमानको मानक राख्दिनुस् । उपसभामुख पदबबाट राजीनामा दिनुस् ।’

उपसभामुख रानामगरबारे सदनमा करुणा र संख्याको कुरा उठेको भन्दै उनले संविधान र कानूनले व्यवस्था गरेको पदीय दायित्व र मर्यादाको विषय भएको पनि बताइन् ।

‘यहाँ करुणाका कुरा उठ्यो, संख्याको कुरा पनि उठ्यो,’ सांसद गौतमले भनिन्, ‘तर, विषय यहाँ करुणा र संख्याको होइन संविधान र कानूनले व्यवस्था गरेको पदीय दायित्व र मर्यादाको हो ।’

उपसभामुखजस्तो पदीय जिम्मेवारीमा रहेर रानामगरले असम्बन्धित व्यक्तिहरूलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरुपयोग र गम्भीर अपराधसमेत भएको दाबी गरिन् ।

‘यस सदनमा उपसभामुख माथि प्रश्न उठेका छन् । प्रश्न व्यक्ति इन्दिरा रानामगरको होइन, उपसभामुख इन्दिरा रानामगरको हो । उपसभामुखको पदीय जिम्मेवारी र मर्यादाको हो,’ गौतमले भनिन्, ‘उपसभामुख जस्तो पदीय जिम्मेवारीमा रहेर असम्बन्धित व्यक्तिहरूलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरुपयोग र गम्भीर अपराधसमेत हो, जसको सन्दर्भमा स्वयम् उपसभामुखले साउन ४ गते स्पष्टीकरण दिँदै धेरै कुरा स्वीकारिसक्नु भएको छ ।’

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १ : ४६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्