ऊर्जा क्षेत्र  सरकारको विशेष प्राथमिकता छ : मन्त्री खड्का | Khabarhub Khabarhub

ऊर्जा क्षेत्र  सरकारको विशेष प्राथमिकता छ : मन्त्री खड्का


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटाबजार – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले ठूला जलविद्युत् आयोजनालाई प्राथमिकता साथ अगाडि बढाएको बताएका छन् । नेपाली कांग्रेस धनकुटा जिल्ला कार्यसमितिद्वारा आज धनकुटाबजारमा आयोजित ‘बधाई तथा भेटघाट’ कार्यक्रममा उनले हिजो अलपत्र परेका ठूला जलविद्युत् आयोजनालाई सरकारले अगाडि बढाएको हो भने ।

‘ऊर्जा क्षेत्रबाट मात्र मुलुकको विकास सम्भव छ, सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ, सरकारले १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरेर २० हजार मेगावाट विद्युत् विदेशमा निर्यात गर्ने लक्ष्य लिएको छ,’ उनले भने । ऊर्जामन्त्री खड्काले गरिब र विपन्न वर्गलाई आर्थिक हिसाबले समृद्ध  बढाउनका लागि वर्तमान सरकारले काम गर्ने बताए । 

उनले स्थानीय तहमा आउने बजेट कार्यान्वयन भए नभएकोबारे जनता चनाखो हुनुपर्ने उल्लेख गरे । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका मन्त्री खड्काले नेपाली कांग्रेसले जनतालाई अनुभूति हुनेगरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले जनताको आवश्यकताका लागि दुई ठूला दल मिलेर सरकार बनेकाले यो सरकारलाई विकास निर्माणमा पछाडि फर्कने छुट नभएको उल्लेख गरे ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका उपसभापति सुनिलकुमार डङ्गोलले धनकुटाको विकासमा सहयोग गर्न मन्त्री खड्कालाई आग्रह गरे । उनले धनकुटामा ऊर्जा र सिँचाइका क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेकाले यसलाई पूरा गर्नका लागि केन्द्र सरकारको साथ र सहयोग आवश्यक रहेको बताए।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ३ : ०३ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज