पाँचथर विस्फोट : मृतकका परिवारलाई ५ लाख, घाइतेको निःशुल्क उपचार « Khabarhub

पाँचथर विस्फोट : मृतकका परिवारलाई ५ लाख, घाइतेको निःशुल्क उपचार


२६ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचथरको फालेलुङमा भएको विस्फोटनमा मृतक परिवारलाई ५ लाख र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ । 

पाँचथरको फालेलुङ  गाउँपालिका ५ डाँडागाउँमा ग्रिनेड विस्फोटमा परी ज्यान गुमाएका परिवारलाई ५ लाख राहत दिने निर्णय सरकारले गरेको हो । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए ।दुर्घटनामा पाँचथर फालेलुङ गाउँपालिका ५ मा भदौ मा भएको विस्फोटनमा परी साढे २ वर्षिया प्रिन्सा र ११ वर्षका दिप्सन सावाँको मृत्यु भएको थियो ।

विस्फोटनमा घाइते दुई बालकको उपचारका लागि लाग्ने खर्च सरकारले बेहोर्ने निर्णय गरेको समेत मन्त्री पौडेलले जानकारी दिए ।

पौडेलले शनिबार वर्न अस्पताल पुगेर सरकारले खर्च गर्ने बताएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा घाइते १० वर्षका पवन राई र ७ वर्षका दिप्सन राईको उपचार भइरहेको छ ।

त्यस लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई राहत र घाइतेका लागि उपचारको निर्णय गरेको हो ।

बम पड्किएको घर माओवादीको सेल्टर, सेना पनि पुगिरहन्थ्यो

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ३ : २५ बजे

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल

पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति

उत्तराखण्ड हेलिकप्टर दुर्घटना : सबै छ जनाको मृत्यु

काठमाडौं- उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता

टोकियो– जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा