पाँचथर विस्फोट : मृतकका परिवारलाई ५ लाख, घाइतेको निःशुल्क उपचार | Khabarhub Khabarhub

पाँचथर विस्फोट : मृतकका परिवारलाई ५ लाख, घाइतेको निःशुल्क उपचार


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पाँचथरको फालेलुङमा भएको विस्फोटनमा मृतक परिवारलाई ५ लाख र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ । 

पाँचथरको फालेलुङ  गाउँपालिका ५ डाँडागाउँमा ग्रिनेड विस्फोटमा परी ज्यान गुमाएका परिवारलाई ५ लाख राहत दिने निर्णय सरकारले गरेको हो । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए ।दुर्घटनामा पाँचथर फालेलुङ गाउँपालिका ५ मा भदौ मा भएको विस्फोटनमा परी साढे २ वर्षिया प्रिन्सा र ११ वर्षका दिप्सन सावाँको मृत्यु भएको थियो ।

विस्फोटनमा घाइते दुई बालकको उपचारका लागि लाग्ने खर्च सरकारले बेहोर्ने निर्णय गरेको समेत मन्त्री पौडेलले जानकारी दिए ।

पौडेलले शनिबार वर्न अस्पताल पुगेर सरकारले खर्च गर्ने बताएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा घाइते १० वर्षका पवन राई र ७ वर्षका दिप्सन राईको उपचार भइरहेको छ ।

त्यस लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई राहत र घाइतेका लागि उपचारको निर्णय गरेको हो ।

बम पड्किएको घर माओवादीको सेल्टर, सेना पनि पुगिरहन्थ्यो

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ३ : २५ बजे

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको  शुभकामना व्यक्त गर्दै

चारआना, चारपाङ्ग्रे र चाकरीको चकचकी

आँगनमा चारो टिप्दै गरेको कुखुरा हेरेर टोलाइरहेको एउटा मनोरोगी गम्न

बाढीले रसुवाको टिमुरे भन्सार क्षेत्र ध्वस्त (तस्बिरहरू)

काठमाडौं– मंगलबार बिहान रसुवामा एक्कासी आएको बाढीले ठूलो जनधनको क्षति

इन्धन अभावले गाजाका अस्पतालमा समस्या : एम्बुलेन्स चल्नसमेत कठिन

गाजा – गाजामा इन्धन अभावका कारण अस्पतालमा समस्या हुन थालेको