मनपरी गर्न संसद्‍ माओवादीको केन्द्रीय कार्यालय होइन : महेश बर्तौला | Khabarhub Khabarhub

मनपरी गर्न संसद्‍ माओवादीको केन्द्रीय कार्यालय होइन : महेश बर्तौला


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीले दलले संसदीय प्रणालीलाई अमर्यादित र कमजोर बनाउने काम गरेको बताएका छन् ।

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले सदनमा सभामुखले नियम र ऐन बमोजिम गरेका निर्णयलाई अस्वीकार गर्ने प्रतिपक्षीको कदमले संसदीय प्रणालीलाई अमर्यादित र कमजोर बनाएको बताए ।

संसद् माओवादी केन्द्रको केन्द्रीय कार्यालय नभएको बताउँदै उनले छाडा गतिविधि गर्ने छुट कसैलाई नरहेको जिकिर गरे ।

बर्तौलाले समाभुखको रुलिङ सबैले मान्नुपर्ने कानूनी मान्यता रहेको जिकिर गरे । माओवादीले पटक पटक संसदीय काममा असहयोग गर्दै आएको उनले बताए ।

बर्तौलाले सशस्त्र संघर्षका समयमा माओवादी आन्दोलनभित्र हत्या, हिंसा भएको तर्क फेरि दोहोर्‍याए। हिंसा शब्दलाई लिएर माओवादीले सत्तापक्षलाई उतेजित पार्न खाजेको पनि उनले दाबी गरे।

 

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ४ : ३१ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’