रामहरि खतिवडाको तर्क- सभामुखको रुलिङ मान्दिनँ भन्न पाइँदैन « Khabarhub

रामहरि खतिवडाको तर्क- सभामुखको रुलिङ मान्दिनँ भन्न पाइँदैन


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सभामुखको रुलिङलाई मान्दिन भन्न नमिल्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सभामुखको रुलिङमा आपति भए लिखित जानकारी गराउन सक्ने व्यवस्था रहेको बताए । तर उनले सभामुखको रुलिङ मान्दिनँ भन्न नमिल्ने बताएका हुन् ।

माओवादी सरकारबाट बाहिरिनुपर्दाको केही असर सदनमा समेत देखिएको भन्दै साना-साना कुरामा अल्झिन नहुने खतिवडाले बताए । सहमतिबाट सबै समस्याको समाधान हुनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले दुई दलको विवादले सदन अवरुद्ध हुनु राम्रो कुरा नभएको बताए।

सशस्त्र द्वन्द्वका क्रममा भएका राम्रा-नराम्रा काम स्वीकार गर्दै अहिलेको अवस्थमा आइपुगेको भन्दै उनले शान्तिप्रक्रियालाई सहज रुपमा निष्कर्षमा पुर्‍याउनुपर्ने बताए ।

हिंसा शव्दलाई लिएर राजनीतिक पार्टीहरूले बखेडा खडा गर्न नहुने उनले बताएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ५ : १९ बजे

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो

शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ– दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला