सुनसरीबाट ४८० केजी गाँजा बरामद « Khabarhub

सुनसरीबाट ४८० केजी गाँजा बरामद


२६ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट भाद्र २६ गते सशस्त्र प्रहरीले २ सय ३५ केजी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।

सोही गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा ईलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको अवस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बीओपी लौकही र सुरक्षा बेश भुटाहाको टोलीले बरामद गरेको हो ।

सशस्त्र प्रहरीले उक्त गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा नजिकैको खेतमा फसेपछि चालक भने फरार भएका थिए । बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

यसअघि सशस्त्र प्रहरीले भाद्र २५ गते सोही जिल्लाको बराहक्षेत्र नगरपालिका-६ स्थित शिसौलीघाटबाट करीब २ सय ४५ के.जी गाँजा बरामद गरेको थियो ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ५ : १७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र