सर्वोच्चको अन्तरिम आदेशले रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया | Khabarhub Khabarhub

सर्वोच्चको अन्तरिम आदेशले रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण अनलाइन प्रणालीबाट कम्पनी दर्ता गर्ने प्रक्रिया बन्द भएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश बमोजिम अनलाईन प्रक्रियाबाट कम्पनी दर्ता गर्ने प्रक्रिया अर्को आदेश नभएसम्मको लागि स्थगित भएको उल्लेख गरेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयको गत असार १९, साउन १७, भदौ ९ र भदौ १६ गतेको सूचना बमोजिम हुन लागेको सम्पूर्ण काम कारबाही तथा पत्राचार गर्न जारी गरेको अन्तरिम आदेशको टुंगो नलागेसम्म स्थगित गर्न सूचना जारी गरेकाले उक्त कार्य रोकिएको कार्यालयले जनाएको छ ।

सफ्टवेयर कार्यान्वयन प्रक्रियालाई यथाअवस्थमा रोक्न भन्दै सर्वोच्चले भदौ १८ गते अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ५ : ३० बजे

सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा

पाटन– नेपाली कांग्रेस, लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समिति २०८१

ओलीको अध्यादेशबाट नियुक्तहरू अवकाशतिर, सर्वोच्चले भ्याउँदैन मुद्दा हेर्न

काठमाडौं– सर्वोच्च अदालतकै कार्यक्षमतामा प्रश्न उठाउने गरी संवैधानिक आयोगकहरूमा भएको

एमाले सचिवालय बैठकपछि प्रधानमन्त्रीले भेटे पूर्वराष्ट्रपति, दुई घण्टा छलफल

काठमाडौं- नेकपा एमालेमा नेतृत्वको विकल्पको खोजी सुरु भइरहेका बेला प्रधानमन्त्री

सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी

दमास्कस – सिरियाली सुरक्षा बलले अपदस्थ राष्ट्रपति बशर अल असदको

सूर्यदर्शन सहकारी ठगी प्रकरण : जाहेरवालाले पहिलो दिन बहस सके, शुक्रबार पनि जारी रहने

पोखरा- सूर्यदर्शन सहकारी ठगी मुद्दामा आजबाट सुरु भएको जाहेरीवालाको बयान