क्यानडा पठाइदिन्छु भन्दै ठगीको आरोपमा एक जना पक्राउ « Khabarhub

क्यानडा पठाइदिन्छु भन्दै ठगीको आरोपमा एक जना पक्राउ


२६ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

 पक्राउ पर्नेमा रोल्पा स्थाई ठेगाना भई हाल काठमाडौँ महानगरपालिका कलंकी बस्दै आएका २९ वर्षीय रणबहादुर घर्ती रहेका छन् ।

 उनी आठ जनालाई क्यानडा पठाइदिन्छु भनी पटक-पटक गरेर एक करोड पैँसठ्ठी लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार बनस्थलीबाट पक्राउ गरेको हो । आवश्यक कारबाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ५ : ३० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको