‘होस्टेल ३’ मा ‘वार्डेन’ बन्दै आर्यन « Khabarhub

‘होस्टेल ३’ मा ‘वार्डेन’ बन्दै आर्यन


२६ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक आर्यन सिग्देल फिल्म ‘होस्टल ३’को मुख्य भूमिकाका लागि अनुबन्ध भएका छन् । निर्माण पक्ष र उनीबीच बुधबार लिखित सम्झौता भएको छ ।

निर्देशक सशान कँडेलका अनुसार आर्यनले फिल्ममा वार्डेनको भूमिका निर्वाह गर्ने छन् । अघिल्ला श्रृंखलाभन्दा यसमा वार्डेनको भूमिका मजबुत रहेको उनको भनाइ छ ।

आर्यनको भूमिकाबारे कँडेल भन्छन्, ‘उहाँको भूमिका चलचित्रको मेरुदण्ड हो। यसअघि पनि होस्टेल श्रृंखलामा वार्डेनको भूमिका चर्चित थियो । तर यस पटक अझ बलियो छ ।’

यस फिल्ममा नायिका परीक्षा लिम्बू पनि जोडिएकी छन् । कँडेलका अनुसार फिल्ममा उनको विशेष भूमिका छ ।

यसअघि नै फिल्ममा पारस बम ‘कुल ब्वाई’, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटीलगायतका कलाकारहरू अनुबन्ध भइसकेका छन् ।

यही साताभित्रै छायांकनमा निस्किने योजनामा निर्माण पक्ष छ । प्रदर्शन मिति फागुन १६ लाई तोकिएको छ।

होस्टल ३ को कथा निर्देशक स्वयमको हो भने स्क्रिप्ट माधव शर्माले लेखेका हुन् ।

होस्टल ३ सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्मस्सँगको सहकार्यमा निर्माण गर्न लागेको हो । यस फिल्मका कार्यकारी निर्माता शंकर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन्।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ६ : ०७ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने