'होस्टेल ३' मा ‘वार्डेन’ बन्दै आर्यन | Khabarhub Khabarhub

‘होस्टेल ३’ मा ‘वार्डेन’ बन्दै आर्यन


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक आर्यन सिग्देल फिल्म ‘होस्टल ३’को मुख्य भूमिकाका लागि अनुबन्ध भएका छन् । निर्माण पक्ष र उनीबीच बुधबार लिखित सम्झौता भएको छ ।

निर्देशक सशान कँडेलका अनुसार आर्यनले फिल्ममा वार्डेनको भूमिका निर्वाह गर्ने छन् । अघिल्ला श्रृंखलाभन्दा यसमा वार्डेनको भूमिका मजबुत रहेको उनको भनाइ छ ।

आर्यनको भूमिकाबारे कँडेल भन्छन्, ‘उहाँको भूमिका चलचित्रको मेरुदण्ड हो। यसअघि पनि होस्टेल श्रृंखलामा वार्डेनको भूमिका चर्चित थियो । तर यस पटक अझ बलियो छ ।’

यस फिल्ममा नायिका परीक्षा लिम्बू पनि जोडिएकी छन् । कँडेलका अनुसार फिल्ममा उनको विशेष भूमिका छ ।

यसअघि नै फिल्ममा पारस बम ‘कुल ब्वाई’, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटीलगायतका कलाकारहरू अनुबन्ध भइसकेका छन् ।

यही साताभित्रै छायांकनमा निस्किने योजनामा निर्माण पक्ष छ । प्रदर्शन मिति फागुन १६ लाई तोकिएको छ।

होस्टल ३ को कथा निर्देशक स्वयमको हो भने स्क्रिप्ट माधव शर्माले लेखेका हुन् ।

होस्टल ३ सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्मस्सँगको सहकार्यमा निर्माण गर्न लागेको हो । यस फिल्मका कार्यकारी निर्माता शंकर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन्।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ६ : ०७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग