बलिउड अभिनेत्री मलाइका अरोराका बुवाको सात तलाबाट खसेर मृत्यु | Khabarhub Khabarhub

बलिउड अभिनेत्री मलाइका अरोराका बुवाको सात तलाबाट खसेर मृत्यु


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेत्री मलाइका अरोराका बुबा अनिल अरोराको मुम्बईमा टेरेसबाट खसेर मृत्यु भएको छ ।

अनिल अरोरा बान्द्राको एक आवासीय सोसाइटीको सातौं तलामा बस्थे । अनिल अरोराको मृत्युपछि मलाइका अरोराका पूर्व पति अरबाज खान घटनास्थल पुगेका थिए ।

प्रहरीले बालकोनीबाट खसेर उनको मृत्यु भएको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

घटनालगत्तै प्रहरी उनको बान्द्रास्थित फ्ल्याटमा पुगेको थियो ।

यो मृत्यु दुर्घटना हो वा आत्महत्या भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाका बेला मलाइका अरोरा पुणेमा थिइन्, अहिले उनी मुम्बई पुगेकी छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ६ : १३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग