अन्तर्राष्ट्रिय

दक्षिण भारतमा मिनी ट्रक दुर्घटना हुँदा सात जना मजदुरको मृत्यु

By खबरहब

September 11, 2024

नयाँदिल्ली– भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा बुधबार एउटा मिनी ट्रक पल्टिएर नहरमा खस्दा कम्तीमा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । 

मृतक सबै मजदुर थिए । उनीहरू मिनी ट्रकमा काजुको बोरामा बसेका थिए । गहिरो खाल्डोबाट बच्न तीव्र गतिमा मोड लिँदा चालकले नियन्त्रण गुमाउँदा गाडी पल्टिएर नहरमा खसेको थियो ।

गाडी पल्टिएपछि मजदुरहरूलाई पनि नहरमा खसेका र काजुको बोराको तौलले थिचेको थियो । श्वासप्रश्वासमा समस्या भई उनीहरूको मृत्यु भएको हो ।

सडक दुर्घटना राज्यको पूर्वी गोदावरी जिल्लाको चिन्नयागुडेम गाउँमा भएको प्रहरीले जनाएको छ ।