अर्थसंक्षेप : नेप्से परिसूचक २५ सय नजिक झर्यो, रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया | Khabarhub Khabarhub

अर्थसंक्षेप : नेप्से परिसूचक २५ सय नजिक झर्यो, रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५०० नजिक पुगेको छ । नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । धनगढी उपमहानगरपालिका–२ स्थित बायोग्यास प्लान्टबाट जैविक मल र एलपी ग्यासको उत्पादन सुरुवात भएको छ ।

आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले १८ प्रतिशत बोसन दिने प्रस्ताव गरेको छ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण अनलाइन प्रणालीबाट कम्पनी दर्ता गर्ने प्रक्रिया बन्द भएको छ ।

प्रमुख आर्थिक समाचारहरुः

नेप्से परिसूचक २५०० नजिक, कारोबार ६ अर्ब माथि

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५०० नजिक पुगेको छ । आज नेप्से २२.७३ अंकले घटेसँगै नेप्से परिसूचक २५०० नजिक पुगेको हो । आज नेप्से ०.८६ प्रतिशतले घटेर २६१०.२१ विन्दुमा आएको छ । नेप्से घटेसँगै कारोबार पनि घटेको छ । आज ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता शेयर कारोबार हुँदा ६६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३१७ वटा कम्पनीको शेयर ८७ हजार ३६ पटक किनबेच भएको छ । बुधबार १३ वटा समूहमध्ये ३ वटा समूह बढेको छ भने बाँकी १० वटा समूह घटेको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ०.४३ प्रतिशतले बढेर ३ हजार ३०४.८६ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी जीवन बीमा समूह १.८७ प्रतिशतले घटेर १२ हजार ७२५.३८ विन्दुमा आएको छ ।

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि मंगलबार सुन तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बायोग्यासबाट जैविक मल र एलपी ग्यास उत्पादन

धनगढी उपमहानगरपालिका–२ स्थित बायोग्यास प्लान्टबाट जैविक मल र एलपी ग्यासको उत्पादन सुरुवात भएको छ । विश्व बैंकको आर्थिक एवं प्राविधिक सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको फोहरजन्य वैकल्पिक ऊर्जा उत्पादन कार्यक्रमअन्तर्गत कुहिने फोहरबाट उत्पादित जैविक मल र खाना पकाउने एलपी ग्यास उत्पादन हुन थालेको हो ।

देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिसका कार्यकारी निर्देशक रविनकान्त पन्तले बायोग्यास प्लान्टबाट उत्पादित जैविक मल र खाना पकाउने एलपी ग्यासको बिक्री वितरणको काम समेत सुरु भएको बताए । उनले बायोग्यास प्लान्टबाट जैविक मलको दैनिक उत्पादन क्षमता तीन हजार पाँच सय किलो रहेकामा हाल प्रतिदिन दुई हजार किलोग्राम उत्पादन भइरहेको बताए ।

खाना पकाउने एलपी ग्यासको दैनिक उत्पादन गर्ने क्षमता एक हजार किलोग्राम रहेकोमा हाल पाँच सय किलो ग्राम उत्पादन भइरहेको उनले बताए । प्लान्टबाट उत्पादित जैविक मलको प्रतिकिलो २० र खाना पकाउने प्रतिएलपी ग्यासको (प्रतिसिलिन्डर) एक हजार चार सय ५० मूल्य कायम गरिएको निर्देशक पन्तले जानकारी दिए ।

आरबीबी मर्चेन्ट बैंकिङद्वारा १८ प्रतिशत बोनस प्रस्ताव

आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले १८ प्रतिशत बोसन दिने प्रस्ताव गरेको छ । कसर सहित १८ प्रतिशत बोसन आगामी साधारणसभाले पारित गरेपछि शेयर धनिलाई दिने कम्पनीले जनाएको छ । कम्पनीले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले सो दिन सभा बस्ने निर्णय गरेको हो ।

सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने अर्को एजेन्डा पनि छ । सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।

क्यानडा पठाइदिन्छु भन्दै ठगीको आरोपमा एक जना पक्राउ

वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा स्थाई ठेगाना भई हाल काठमाडौँ महानगरपालिका कलंकी बस्दै आएका २९ वर्षीय रणबहादुर घर्ती रहेका छन् । उनी आठ जनालाई क्यानडा पठाइदिन्छु भनी पटक–पटक गरेर एक करोड पैँसठ्ठी लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार बनस्थलीबाट पक्राउ गरेको हो । आवश्यक कारबाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

सर्वोच्चको अन्तरिम आदेशले रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया

सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण अनलाइन प्रणालीबाट कम्पनी दर्ता गर्ने प्रक्रिया बन्द भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश बमोजिम अनलाईन प्रक्रियाबाट कम्पनी दर्ता गर्ने प्रक्रिया अर्को आदेश नभएसम्मको लागि स्थगित भएको उल्लेख गरेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयको गत असार १९, साउन १७, भदौ ९ र भदौ १६ गतेको सूचना बमोजिम हुन लागेको सम्पूर्ण काम कारबाही तथा पत्राचार गर्न जारी गरेको अन्तरिम आदेशको टुंगो नलागेसम्म स्थगित गर्न सूचना जारी गरेकाले उक्त कार्य रोकिएको कार्यालयले जनाएको छ । सफ्टवेयर कार्यान्वयन प्रक्रियालाई यथाअवस्थमा रोक्न भन्दै सर्वोच्चले भदौ १८ गते अन्तरिम आदेश दिएको थियो ।

एभरेस्ट होटलको स्पष्टीकरण : अहिले बिक्रीको कुनै योजना छैन

नयाँ बानेश्वरस्थित दि एभरेष्ट होटलले बिक्रीमा रहेको भनेर अफवाह फैलाइएको बताएको छ । पाँच तारे एभरेष्ट होटल बिक्रीमा रहेको भनेर समाचार आउन थालेपछि उसले विज्ञप्ति नै निकालेर त्यस्तो कुनै योजना नरहेको स्पष्टीकरण दिएको हो ।

‘केही दिनदेखि पाँच तारे एभरेष्ट होटेल यति मूल्यमा बिक्रीमा राखिएको भनी विभिन्न सञ्चार माध्यमहरूमा हल्ला फिँजाइएकोमा होटल व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘होटल बिक्री गर्ने कुनै योजना छैन ।’ होटलले लामो समयदेखि निरन्तर ठूलो सङ्ख्यामा विदेशी तथा स्वदेशी पर्यटक र ग्राहकहरूलाई गुणस्तरीय सेवा दिँदै आएको जनाएको छ ।

कोशीबाट पहिलो पटक अस्थायी सवारी लाइसेन्स वितरण

अब कोशी प्रदेशमा ट्रायल पास गरेलगत्तै सवारी लाइसेन्स पाइने भएको छ । कोशी प्रदेशबाट पहिलो पटक बुधबारबाट अस्थायी लाइसेन्स वितरण सुरु गरिएको छ । स्मार्ट लाइसेन्सको लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै कोशी प्रदेश सरकारले पहिलो पटक अस्थायी लाइसेन्स वितरण सुरु गरेको हो ।

इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा आयोजित कार्यक्रममा सेवाग्राहीलाई लाइसेन्स दिँदै मुख्यमन्त्री हिक्मतबहादुर कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले औपचारिक उद्घाटन गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशका नागरिकको हित र सुविधालाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउँदै ट्रायल पास भएलगत्तै लाइसेन्स पाइने बताए ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ६ : ४९ बजे

अर्थ मन्त्रालयद्वारा राहत र पुनर्निर्माणलाई व्यवस्थित बनाउन स्रोत व्यवस्थापनको गृहकार्य सुरु

काठमाडौं– अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र

प्रधानमन्त्री उद्धार कोषमा एमालेको पनि ५० लाख सहयोग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख

हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

पाटन– गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी

हाडनाता करणीबाट बलात्कृत गर्भवती बालिकाको हवाई उद्धार

काठमाडौं– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक