‘जनयुद्ध कुनै हिंसा थिएन, कांग्रेस-एमाले मिलेपछि भ्रम छर्न थाले’ « Khabarhub

‘जनयुद्ध कुनै हिंसा थिएन, कांग्रेस-एमाले मिलेपछि भ्रम छर्न थाले’


२६ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले जनयुद्धलाई जवरजस्ती हिंसाको रुपमा परिभाषित गर्न खोजिएकाले विरोध गरिएको बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले जनयुद्ध कुनै हिंसा नभएको तर यसलाई जवरजस्ती हिंसाको रुपमा परिभाषित गर्न खोजिएकाले विरोध र प्रतिवाद गरिएको बताए ।

उनले माओवादी जनयुद्धकै कारण मुलुकमा असाधारण परिवर्तन आएको भन्दै जनयुद्धलाई अस्वीकार गर्नु व्यवस्था र परिवर्तनलाई नै नमान्नुसरह भएको जिकिर गरे ।

कांग्रेस र एमाले मिलेर सरकार गठनका बेला भएको सहमतिपछि जनतामा भ्रम छर्न जनयुद्धलाई अवमूल्यन गर्न खोजिएको उनले बताएका छन् ।

त्यस्तै दाहालले मुलुकलाई एकतात्मक शासन प्रणालीमा लानका लागि विभिन्न परिवर्तनविरुद्ध आक्रमण हुन थालेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ७ : २२ बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५