‘जनयुद्ध कुनै हिंसा थिएन, कांग्रेस-एमाले मिलेपछि भ्रम छर्न थाले’ « Khabarhub

‘जनयुद्ध कुनै हिंसा थिएन, कांग्रेस-एमाले मिलेपछि भ्रम छर्न थाले’


२६ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले जनयुद्धलाई जवरजस्ती हिंसाको रुपमा परिभाषित गर्न खोजिएकाले विरोध गरिएको बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले जनयुद्ध कुनै हिंसा नभएको तर यसलाई जवरजस्ती हिंसाको रुपमा परिभाषित गर्न खोजिएकाले विरोध र प्रतिवाद गरिएको बताए ।

उनले माओवादी जनयुद्धकै कारण मुलुकमा असाधारण परिवर्तन आएको भन्दै जनयुद्धलाई अस्वीकार गर्नु व्यवस्था र परिवर्तनलाई नै नमान्नुसरह भएको जिकिर गरे ।

कांग्रेस र एमाले मिलेर सरकार गठनका बेला भएको सहमतिपछि जनतामा भ्रम छर्न जनयुद्धलाई अवमूल्यन गर्न खोजिएको उनले बताएका छन् ।

त्यस्तै दाहालले मुलुकलाई एकतात्मक शासन प्रणालीमा लानका लागि विभिन्न परिवर्तनविरुद्ध आक्रमण हुन थालेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ७ : २२ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म