ताँजकोट गाउँपालिकामा गर्भवतीसँग ‘स्वास्थ्य शिक्षा कार्यक्रम’ « Khabarhub

ताँजकोट गाउँपालिकामा गर्भवतीसँग ‘स्वास्थ्य शिक्षा कार्यक्रम’


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्लाको ताँजकोट गाउँपालिकाले सुरक्षित प्रसूति सेवा, सुत्केरीको स्याहारसुसार र बच्चाको हेरचाहमा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य शिक्षासम्बन्धी विभिन्न कार्यक्रम गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष लाकेश जैसीले कार्यक्रमअन्तर्गत यहाँका गर्भवती, सुत्केरी र नवजात शिशुको हेरचाहका लागि जनचेतना अभिवृद्धि गर्न विभिन्न गतिविधि भइरहेका बताए । उनले पालिकाका प्रत्येक वडामा रहेका प्रत्येक विद्यालयमा पोषण र व्यक्तिगत सरसफाइसम्बन्धी कार्यक्रमसमेत सँगसँगै अगाडि बढाइएको उनले जानकारीदिए ।

“हामीले सुरक्षित प्रसूति सेवा, सुत्केरीको स्याहारसुसार र बच्चाको हेरचाहमा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य शिक्षासम्बन्धी विभिन्न कार्यक्रम गरिरहेका छौँ । वर्षायाममा पनि विभिन्न सचेतनामूलक कार्यक्रमका लागि स्वास्थ्यकर्मी गाउँटोलमा परिचालन गरेर निरन्तर काम गरियो”, अध्यक्ष जैसीले भने ।

यसै क्रममा पालिकाको स्वास्थ्य शाखाले वडा नं २, ३ र ४ मा रहेका ५४ जना गर्भवती आमासँग छलफल गरेको छ । गाउँपालिकामा रहेका तीन वडाका ५४ गर्भवतीलाई गर्भावस्था, सुत्केरी र सुत्केरीपछिको अवस्थासम्बन्धी के–कस्ता समस्या आउन सक्छन् भन्ने विषयमा जानकारी दिन आज स्वास्थ्य शिक्षा कार्यक्रम आयोजना गरिएको शाखा प्रमुख धनराज ढकालले जानकारी दिए ।

“सुरक्षित संस्थागत प्रसूति, आमा र बच्चाको स्वास्थ्य, पोषण, सरसफाइ खोपसम्बन्धी जानकारी दिन आज पनि स्वास्थ्य शिक्षा कार्यक्रम ग र्‍यौँ। त्यसक्रममा गर्भवतीको स्वास्थ्य स्थिति र गर्भमा रहेको बच्चाको वृद्धि, विकासको अवस्थाबारे जानकारी लिन स्वास्थ्य संस्था वा अस्पताल गई दक्ष स्वास्थ्यकर्मीबाट नियमित कम्तीमा आठपटक गर्भ जाँच, पोषण, गर्भावस्थामा सहयोग, प्रशस्त आराम गर्नुपर्नेलगायत विषयमा जानकारी गराइएको थियो । पालिकाको यस अभियानले पछिल्लो समय घरमै प्रसूति सुत्केरी गराउनेको सङ्ख्या विस्तारै घट्दै गएको छ”, उनले भने।

यस्तै आज वडा नं ३ मा रहेको रामदेव आधारभूत विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र श्याङ्कुले जानकारी दिए ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ८ : ४९ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण