सत्ता पक्षले संसदमा बलमिच्याईं गर्न खोज्यो : माधव सापकोटा « Khabarhub

सत्ता पक्षले संसदमा बलमिच्याईं गर्न खोज्यो : माधव सापकोटा


२६ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्ता पक्षले संसदमा बलमिच्याईं गरेको आरोप लगाएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत सापकोटाले संसदप्रति जवाफदेही हुनुपर्ने सत्तापक्षले दम्भपूर्ण व्यवहार देखाएको आरोप लगाएका हुन् ।

उनले लेखेका छन्, ‘संसद प्रतिपक्षको थलो हो भन्ने विश्वव्यापी मान्यतालाई चुनौती दिँदै, बलमिच्याई गर्न खोजेको प्रष्ट हुन्छ। संसदप्रति जबाफदेही हुनुपर्ने सत्तापक्षले दम्भपूर्ण व्यवहार देखाएपछि असहज अवस्था सिर्जना भएको छ।’

साथै उनले जनयुद्धको गौरवपूर्ण इतिहासलाई कम आँक्ने प्रयास पूर्णत अस्वीकार्य रहेको उल्लेख गरेका छन् । ‘दुई तिहाईको दम्भमा प्रतिपक्षलाई कम आँक्ने र निषेध गर्ने शैली आपत्तिजनक छ। ऐतिहासिक जनयुद्धको गौरवपूर्ण इतिहासलाई कम आँक्ने प्रयास पूर्णत अस्वीकार्य छ।आज संसदमा सुनाइएको निष्कर्ष समयमै सच्याउंदा नै संसदको अबको सहज निकास हुनेछ’ सापकोटाले लेखेका छन् ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  १० : ३५ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ