बेनी अस्पतालमा औषधि अभाव « Khabarhub

बेनी अस्पतालमा औषधि अभाव


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – बेनी अस्पतालमा निःशुल्क रूपमा वितरण हुने औषधि अभाव भएको छ । सरकारले जिल्ला अस्पतालबाट ९६ प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीति लिए पनि बेनी अस्पतालको निःशुल्क औषधि वितरण कक्षमा २५ देखि ३० प्रकारका औषधि मात्र उपलब्ध छन् ।

निःशुल्क वितरण गर्ने औषधि बीमा सेवाबाट पनि नपाउने, अस्पतालको औषधि वितरण कक्षमा पनि नहुनाले समस्या भएको बेनपा–४ का रमेश क्षेत्रीले गुनासो गरे । बीमाबाट पाइने केही औषधि भदौ १ देखि सरकारले निःशुल्क वितरण गर्ने भने पनि अस्पतालमा नपठाएकाले दीर्घरोगका बिरामी धेरै प्रभावित भएका उनको भनाइ छ ।

अस्पतालको औषधि स्टोर शाखा प्रमुख तथा सूचना अधिकारी वरिष्ठ नर्सिङ अधिकृत खेमकुमारी पन्तले गण्डकी प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले समयमा औषधि नपठाएकाले अभाव भएको बताए। “सरकारले निःशुल्क वितरण गर्ने भनेका औषधि हामीले टेन्डर गरेर खरिद गर्न पाइँदैन । प्रदेश सरकारले समयमै औषधि नपठाउँदा समस्या भएको हो”, उनले भने ।

प्रदेश सरकारसँग औषधि पठाउन माग गरे पनि सुनुवाइ नभएको बेनी अस्पतालका प्रमुख डा अञ्जु थापाले बताए । उनले प्रदेश सरकारसँग चालु आर्थिक वर्षको सुरुआतमै औषधि माग गरिए हालसम्म प्राप्त हुन नसेको बताए ।

निःशुल्क उपलब्ध नहुँदा नियमित औषधि सेवन गर्नुपर्ने मानसिक, मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोगलगायत नसर्ने रोगका बिरामी बढी प्रभावित भएका डा थापाले जानकारी दिए ।

सिटामोल, जीवनजललगायत पाँच÷दश वटा आधारभूत औषधिबाहेक अन्य औषधि सधैँ मौज्दात नहुने, उच्च रक्तचाप र कोलेस्ट्रोलका बिरामीले नियमित खाने औषधि दुई महिनायता अस्पतालमा नआएको जनाइएको छ ।

प्राप्त जानकारीअनुसार मधुमेहका बिरामीलाई दिइने विभिन्न औषधिमध्ये पाँच सय एमजीको मेटफरमिनबाहेक अर्को औषधि छैन । मेटफरमिन पनि छ महिनाको अन्तरमा आउँछ ।

त्यस्तै उच्च रक्तचाप र कोलेस्ट्रोलका बिरामीले नियमित खानुपर्ने एट्रोभास्टिनको सबै मात्रा पछिल्लो नौ महिनादेखि अस्पतालमा उपलब्ध हुन सकेको छैन । बेनी अस्पतालमा म्याग्दीका साथै पर्वतको जलजला गाउँपालिकाका दैनिक दुई सय ५० जनाले सेवा लिने गरेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १० : ५३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार