आज २०८१ साल असोज २५ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज २५ गते शुक्रबारको राशिफल


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज २५ गते शुक्रबार तदनुसार सन् २०२४ अक्टोबर ११ तारिख। असोज शुक्ल पक्षको महाअष्टमी उपरान्त महानवमी तिथि। नवरात्रमा आज महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : स्वास्थ्यको ख्याल राख्नुपर्नेछ। मन अशान्त हुनेछ। यात्रामा कष्ट हुनेछ। किनमेलमा घाटा हुने जोखिम छ। आज तपाईंले बजारको सामान किन्नु अगाडि सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

वृष : धन प्राप्त हुने दिन छ। व्यापार व्यवसायमा सन्तोषजनक फाइदा हुनेछ। दाम्पत्य सुख प्राप्त होला। पर्यटनको क्षेत्रबाट फाइदा हुनेछ। दक्षिणको यात्रा नजानु राम्रो हुन्छ।

मिथुन : मन खुशी हुनेछ। स्वास्थ्यमा लाभ हुने दिन छ। शत्रुमाथि विजय प्राप्त हुनेछ। दशैंको किनमेलमा घाटा हुने भएकाले सचेत बन्नु राम्रो होला। परिवारसँगको भेटले मन खुशी हुनेछ।

कर्कट : मन अशान्त हुनेछ। खर्च बढ्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट घाटा हुने दिन छ। परिवारले तपाईंको विश्वास नगर्ने अवस्था बनेकाले सचेत बन्नु राम्रो हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

सिंह : मन अशान्त हुनसक्छ। परिवारका कारणले चिन्ता बढ्नेछ। लामो विवाद नगर्नु राम्रो हुनेछ। साथीभाइसँग वार्ता गर्नु अगाडि सोच्नु राम्रो हुन्छ। प्रेम सम्बन्धमा खटपटी हुनेछ।

कन्या : धन प्राप्त हुने दिन छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। राजनीतिक संगठनको आडमा तपाईंको योजना सफल हुनेछ। मनको क्रोधमाथि विजय प्राप्त गर्ने दिन छ। परिवारले राम्रो साथ दिनेछ।

तुला : आफूले बनाएको तालिका भन्दा फरक बाटो हिँड्नुपर्ने बाध्यता आइपर्नसक्छ। सामाजिक संगठन र राजनीतिक क्षेत्रमा प्रतिस्पर्धी सक्रिय रहेकाले घाटा हुनसक्छ। स्वास्थ्यमा सुधार हुनुका साथै परिवारको तर्फबाट सन्तोष मिल्नेछ।

वृश्चिक : चन्द्रमा कोणमा भएकाले सोचेका काम बन्नेछन्। हरेक क्षेत्रमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ। विशेष अवस्थामा साथीभाइले साथ दिनेछन्।

धनु : चन्द्रमा तपाईंको राशिमा भ्रमण गर्दैछन्। शुभग्रहको बहुमत भएकाले तपाईंको भाग्य चम्किने छ। आजको दिन महागौरी भगवतीको सेवा गर्नु राम्रो हुनेछ। मन शान्त रहनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : मन अशान्त हुनसक्छ। सञ्चित धन खर्च हुनेछ। दाजुभाइको साथ र सहयोग मिल्ने दिन छ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : मध्यसाढेसाती दशा भोगे पनि एकादश भावमा चन्द्रमा पुगेकाले सोचेका काम बन्नेछन्। सप्तम भावमा पारिवारिक सुखको अनुभूति हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। संकटमा परिवारले साथ दिनेछन्।

मीन : भाग्यको स्थानमा चन्द्रमा रहेकाले सोचेका काम बन्नेछन्। भगिनी संस्थाको सहयोगमा राम्रो काम गर्ने आँट आउने छ। कानुनी बाधा फुकुवा हुनेछ। अनुत्पादक क्षेत्रको लगानीबाट बच्नु राम्रो हुनेछ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ५ : ०४ बजे

बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख २३ गते बुधबार ।

आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २३ गते बुधबार ।

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने