दशैँमा सन्तुलित भोजन गरौं, नयाँ नयाँ ठाउँ घुमौं | Khabarhub Khabarhub

पोषणविद्को सुझाव

दशैँमा सन्तुलित भोजन गरौं, नयाँ नयाँ ठाउँ घुमौं


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झोल हालेर मासु, तारेर मासु, सुकाएर मासु, अचार बनाएर मासु नै। यतिले मात्र पुगेन- खसी, कुखुरा, माछा, राँगा, बँदेल, सुँगुरदेखि घोँगीसम्म मासुका परिकार भित्र पर्छन्। खानु एउटा कुरा भयो त्यसलाई सन्तुलन मिलाएर खानु अर्को।

यदि खानपीनमा सन्तुलन मिलाउन जानिएन भने त्यही खाद्यान्न विषाक्त बनेर तपाईंको स्वास्थ्यका लागि प्रतिकूल बन्नसक्छ। मासु, दुग्धजन्य पदार्थ, मदिरा, फलफूल, चिसो तातो बेहिसावका खाद्यान्न दशैँका परिकार हुन्। दीर्घरोगीका लागि खानपिनमा सन्तुलन जरुरी छ नै, स्वस्थ मानिसले पनि खानाको अनुशासनलाई पालना गर्न सकिएन भने त्यसले स्वास्थ्यमा नकारात्मक असर पर्छ।

अझ दशैँका खाद्यान्न चिल्लो, मरमसला धेरै हालेर पकाउने गरिन्छ। शाकाहारीले पनि दूध, चिल्लो तथा मिठाई बढी प्रयोग गर्छन्। यसरी चाडबाडमा रमाइलोका लागि खानपान गर्दा स्वास्थ्यमा भने ध्यान गएको हुँदैन। चाडबाड वा अन्य बेलामा पनि स्वास्थ्यलाई चाहिने खाद्य पदार्थ सागसब्जी, फलसलाद भने धेरै कम प्रयोग गर्ने चलन छ। जसको परिणाम कब्जियत हुने, तौल बढ्ने, प्रेसर, सुगर, मुटु, मिर्गौलामा खराबी जस्ता स्वास्थ्य समस्या हुने सम्भावना हुन्छ।

त्यसैले दशैँमा मात्र होइन, अरू बेला पनि खाना खाँदा स्वास्थ्यको ख्याल गर्नुपर्ने चिकित्सकहरु बताउँछन्। दशैँलाई खाने पर्वका रुपमा मात्रै नलिएर एउटा सांस्कृतिक पर्वका रुपमा हेर्न र यो समयको बिदालाई पारिवारिक जमघट तथा नयाँ नयाँ ठाउँ घुम्ने एउटा अवसरको रुपमा लिन पनि चिकित्सकको सुझाव छ।

मासु प्रोटिनको राम्रो स्र्रोत भएपनि यसरी दैनिक रुपमा धेरै मात्रामा खाँदा भने स्वास्थ्यमा असर गर्ने पोषणविद् बताउँछन्। मासु स्वास्थ्यका लागि कति फाइदाजनक छ ? मासुसँगै मदिरा, कोल्डड्रिङ्सहरु पनि खाने गरिन्छ यसले स्वास्थ्यमा कस्तो असर गर्छ ? यिनै विषयमा पाटन अस्पतालमा कार्यरत पोषणविद् योगिता सापकोटासँग गरिएको कुराकानीः

दसैं भनेपछि मासुकै चाडको रुपमा लिइन्छ, मासु स्वास्थ्यका लागि कति फाइदाजनक छ ?
मासु भनेको एउटा प्रोटिनको स्रोत हो। रातो मासु, सेतो मासु गरेर मासुका पनि विभिन्न प्रकार हुन्छन्। स्वास्थ्यका दृष्टिकोणले रातो मासु भन्दा सेतो मासु राम्रो हुन्छ भन्ने विभिन्न अध्ययनबाट पनि प्रमाणित भएको छ। रातो मासु खानै हुँदैन भन्ने होइन। तर ठिक्क मात्रा मिलाएर खानु स्वास्थ्यका लागि राम्रो हुन्छ।

मासुको फाइदाको कुरा गर्ने हो भने मासुमा प्रोटिन सँगसँगै आइरन पनि हुन्छ। जसले हाम्रो शरीरलाई आवश्यक मात्रामा पोषक तत्वको पूर्ति गर्दछ।

मासुसँगै मदिरा, कोल्डड्रिङ्स पनि खाने गरिन्छ यसले स्वास्थ्यमा कस्तो असर गर्छ ?
मदिरा भन्ने बित्तिकै अल्कोहलिक प्रोडक्ट हो। पहिले पहिलेको रिसर्चहरुमा महिला तथा पुरुष दुवैले थोरै मात्रामा कहिलेकाहीँ खान मिल्छ भन्ने उल्लेख थियो। तर अहिलेको रिसर्चहरुमा कुनै पनि अल्कोहलयुक्त खानेकुरा खानु हुँदैन। यसले स्वास्थ्यमा हानी गर्छ भनेर भनिएको छ। त्यसैले अल्कोहल खानै नहुने कुरा हो।

त्यस्तै कोल्ड ड्रिङ्समा मुख्यतया चिनी तथा एसीडको धेरै प्रयोग भएको पाइन्छ। यस्तो पेय पदार्थहरुलाई एमटी क्यालोरी भनिन्छ। यिनीहरु खाँदा क्यालोरी मात्रै पाइने हो। पोषक तत्त्वहरु केही पनि हुँदैन। त्यसैले स्वास्थ्यका लागि यो हानिकारक नै मानिन्छ।

मासु र मदिरा सँगसँगै खाँदा दीर्घरोगीहरु जस्तै मुटु, सुगर, मिर्गौलाका बिरामीलाई त तत्काल नै असर देखिन्छ। स्वस्थ व्यक्तिले पनि नियमित खायो भने कलेजोमा असर गर्ने, ब्लड सुगर बढ्ने, हाइपरटेन्सन हुने लगायतका समस्या देखिने सम्भावना धेरै हुन्छ।

त्यस्तै अन्य पेय पदार्थले पनि आज खायो भोलि असर देखाउने होइन। तर लामो समयसम्म यसको प्रयोगले यसमा भएको चिनीको मात्राले सुगर बढ्ने, प्रेसरको हुने, मुटु सम्बन्धी समस्या पनि उत्पन्न गराउन सक्छ।

अन्तमा पोषणविद्का नाताले दशैँको खानपीनका बारेमा के सुझाव दिनुहुन्छ ?
दशैँ तिहार लगायत जुनसुकै चाडमा पनि हामीले सन्तुलित भोजन गर्नुपर्छ। मासु खानु गलत होइन। तर मासु मात्रै खानु भएन। मासु खाँदा पनि राम्रोसंग स्टोरेज भएको स्वच्छताको व्यवस्थापन भएको पसलबाट मात्रै मासु खरिद गर्ने, मासु लामो समयसम्म राख्न नमिल्ने खानेकुरा भएकाले कहिलेको मासु हो त्यो बुझेर मात्रै खरिद गर्ने।

त्यस्तै मासु पकाउँदा पनि डि फ्राइ गरेर पकाउँदा तेलको मात्रा बढी हुन्छ। त्यस्तै पोलेर खाँदा पनि रातो मासुमा कार्सिनर्जिन कुराहरु बन्छ भन्ने कुराहरु विभिन्न अध्ययनहरुले देखाएका छन्। त्यस्तै पोल्दा मासु राम्रोसँग पाकेन भने कति रोगहरु मासुबाटै पनि सर्ने गरेका पाइएको छ। त्यसैले मासु खाँदा जहिले पनि राम्रोसंग पकाएर मात्रै खानु राम्रो हुन्छ।

दशैँ हो भन्दै मिठो मिठो भोजन खाउँ भन्ने चाहना धेरैको हुन्छ। जति नै मिठो खाए पनि सन्तुलित बनाएर ठिक्क मात्रामा खानुपर्यो।

फाइल तस्बिर

हरेक पटक खाना खाँदा मासुको मात्रै भाग बढी नलगाएर कार्बोहाइड्रेड, प्रोटिन, फ्याट, सबै कुरा पुग्ने हिसाबले अन्न, सागसब्जी, गेडागुडीहरु पनि खानामा समावेश गर्नु आवश्यक छ। दशैँ भन्नेबित्तिकै बिहानैदेखि बेलुकासम्म मासु मात्रै खाँदा स्वास्थ्य सँगसँगै हाम्रो दैनिकी नै बिग्रिने भएकाले सबै कुराहरु मिलाएर सन्तुलित भोजन गरी स्वस्थकर दशैँ मनाऔं।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ७ : ०८ बजे

उखु अभावले उद्योग बन्द, ‘क्रसिङ’ लक्ष्य हासिल भएन

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजले यसपालि

आजका समाचार : बृहत् विरोध सभाको तयारीमा मोर्चा, नारायणहिटी अगाडि राजावादीको प्रदर्शन र युक्रेन युद्ध अन्त्यको सम्भावना

 सरकारका कारण बढेको असन्तुष्टिले गणतन्त्र रक्षामा चुनौती : समाजवादी मोर्चासमाजवादी

प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

 काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक 

काठमाडौं– कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य

युक्रेन युद्धविरामका लागि पुटिनलाई दबाब दिन विश्व नेताहरूलाई आग्रह

 एजेनसी– बेलायतका प्रधानमन्त्री किर स्टार्मरले युक्रेनलाई ‘शान्तिको पक्ष’ भनेर प्रशंसा