मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते « Khabarhub

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।

दुर्घटनामा भद्रपुर–१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

बिहीबार राति चारआली–चन्द्रगढी सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

बाबु त्रिलोचन भण्डारीले चलाएको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकलको पछाडि बसेका आलोकलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेको प्रवक्ता चन्दले बताए ।

दुर्घटनामा प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल पछाडि सवार भद्रपुर–१० का २४ वर्षीय विपान्सु राउतको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ ।

मे८प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर–८ का २५ वर्षीय सञ्जिव गिरीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेका छ । उनको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ९ : १० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली