विद्यार्थीहरूको नतिजा सुधार्न बिदाका समयमा 'फेस्टिभल क्याम्प’ | Khabarhub Khabarhub

विद्यार्थीहरूको नतिजा सुधार्न बिदाका समयमा ‘फेस्टिभल क्याम्प’


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं कक्षा १० का विद्यार्थीहरूको शैक्षिक नतिजा सुधारका लागि काठमाडौं महानगरपालिकाले दशैँ र तिहार पर्वबीचको अवधिमा ‘फेस्टिभल क्याम्प’ गर्ने भएको छ । क्याम्पमा सहभागी हुन २ हजार २७७ जना विद्यार्थीले चासो देखाएका छन् । 

सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाका अनुसार ११ वटा स्रोत केन्द्र र एसईई परीक्षामा १५० भन्दा बढी विद्यार्थी भएका ५ ठूला विद्यालय गरी १६ वटा विद्यालयलाई क्याम्प सञ्चालन गर्ने केन्द्रका रुपमा उपयोग गरिने छ । क्याम्पका लागि कम्तिमा १५० जना विद्यार्थी सहभागी हुनुपर्नेछ । विद्यार्थीलाई क्याम्पमा सहभागी हुन अनिवार्य गरिएको छैन । 

यसअन्तर्गत सञ्चालन हुने सिकाइको एउटा कक्षामा कम्तीमा २५ जना र बढीमा ३५ जना विद्यार्थीलाई सहभागी गराइने महानगरले जनाएको छ । गणित, विज्ञान र सामाजिक विषयमा सहयोग गर्ने गरी परियोजनामा आधारित कक्षा चल्ने छन् । स्टिम शिक्षाशास्त्रको सिद्धान्त, इ–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, सांस्कृतिक कार्यक्रम, क्याम्प फायर र स्टार गाजिङमा सहभागी हुन पाउने छन् । 

कक्षा १० का विद्यार्थीहरूलाई अध्ययनप्रति रुचि जगाउनु कार्यक्रम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरको भनाइ छ । यस प्रकारको सिकाइबाट नतिजामा सुधार हुने अपेक्षित नतिजा हो । 

नतिजा सुधारका लागि यस अघिका महानगरका प्रयास 

महानगरले नेतृत्व परिवर्तनसँगै शैक्षिक क्षेत्रको सुधारका लागि गुणात्मक र परिमाणात्मक कार्यक्रमलाई प्राथमिकता दिएर सञ्चालन गरेको छ । महानगरले संघीय सरकारको मापदण्डबमोजिम ५ कक्षासम्मका विद्यार्थीलाई निःशुल्क खाजाको सुविधा उपलब्ध गराउने रकम दोब्बर गरेको छ । 

सामुदायिक विद्यालयको कक्षा १० सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई दिवा खाजाका रुपमा सन्तुलित आहारका लागि रकमको व्यवस्था गरिएको महानगरले जनाएको छ । पुस्तकविहीन शुक्रबार (बुक फ्री फ्राइडे) ले विद्यार्थीहरूलाई गहन सोच्ने क्षमता, रचनात्मकता, सञ्चार र सहकार्यको अभ्यासमा उत्प्रेरित गरेको छ । 

आयोगका सदस्य झाका अनुसार गुणस्तरीय शिक्षाका लागि प्रधानाध्यापक र शिक्षकहरूलाई स्वामित्व सिर्जना गर्न क्षमता विकास र प्रोत्साहनका कार्यक्रम थालिएका छन् । ११ वटा स्रोत केन्द्रमा ११ जना स्रोत शिक्षक नियुक्ति गरिएको छ । 

यो नयाँ अभ्यासले नेतृत्वको नीतिलाई कार्यान्वयनसँग जोडेको छ । गएको वर्ष ग्रेड सुधार गर्न  अतिरिक्त समयमा उपचारात्मक कक्षा सञ्चालन गर्न विद्यालयहरूलाई आर्थिक अनुदान प्रदान गरिएको थियो । २०८० सालको एसईई परीक्षामा ७८ प्रतिशत विद्यार्थीहरूले बी ग्रेडभन्दा माथिको नतिजा हासिल गर्नु कार्यक्रमको उपलब्धी हो । 

गतवर्षको यो सफल अभ्यासलाई निरन्तरता दिँदै महानगरपालिकाको गौरव योजना अन्तर्गत ‘गरिखाने शिक्षा, महानगरको ईच्छा’ अन्तर्गत विद्यार्थीको नतिजा सुधार गर्न दशैं र तिहारबीच र जाडो विदामा एसईई सहायता हुने गरी क्याम्प सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  १२ : २२ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय