विद्यार्थीहरूको नतिजा सुधार्न बिदाका समयमा ‘फेस्टिभल क्याम्प’ « Khabarhub

विद्यार्थीहरूको नतिजा सुधार्न बिदाका समयमा ‘फेस्टिभल क्याम्प’


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं कक्षा १० का विद्यार्थीहरूको शैक्षिक नतिजा सुधारका लागि काठमाडौं महानगरपालिकाले दशैँ र तिहार पर्वबीचको अवधिमा ‘फेस्टिभल क्याम्प’ गर्ने भएको छ । क्याम्पमा सहभागी हुन २ हजार २७७ जना विद्यार्थीले चासो देखाएका छन् । 

सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाका अनुसार ११ वटा स्रोत केन्द्र र एसईई परीक्षामा १५० भन्दा बढी विद्यार्थी भएका ५ ठूला विद्यालय गरी १६ वटा विद्यालयलाई क्याम्प सञ्चालन गर्ने केन्द्रका रुपमा उपयोग गरिने छ । क्याम्पका लागि कम्तिमा १५० जना विद्यार्थी सहभागी हुनुपर्नेछ । विद्यार्थीलाई क्याम्पमा सहभागी हुन अनिवार्य गरिएको छैन । 

यसअन्तर्गत सञ्चालन हुने सिकाइको एउटा कक्षामा कम्तीमा २५ जना र बढीमा ३५ जना विद्यार्थीलाई सहभागी गराइने महानगरले जनाएको छ । गणित, विज्ञान र सामाजिक विषयमा सहयोग गर्ने गरी परियोजनामा आधारित कक्षा चल्ने छन् । स्टिम शिक्षाशास्त्रको सिद्धान्त, इ–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, सांस्कृतिक कार्यक्रम, क्याम्प फायर र स्टार गाजिङमा सहभागी हुन पाउने छन् । 

कक्षा १० का विद्यार्थीहरूलाई अध्ययनप्रति रुचि जगाउनु कार्यक्रम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरको भनाइ छ । यस प्रकारको सिकाइबाट नतिजामा सुधार हुने अपेक्षित नतिजा हो । 

नतिजा सुधारका लागि यस अघिका महानगरका प्रयास 

महानगरले नेतृत्व परिवर्तनसँगै शैक्षिक क्षेत्रको सुधारका लागि गुणात्मक र परिमाणात्मक कार्यक्रमलाई प्राथमिकता दिएर सञ्चालन गरेको छ । महानगरले संघीय सरकारको मापदण्डबमोजिम ५ कक्षासम्मका विद्यार्थीलाई निःशुल्क खाजाको सुविधा उपलब्ध गराउने रकम दोब्बर गरेको छ । 

सामुदायिक विद्यालयको कक्षा १० सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई दिवा खाजाका रुपमा सन्तुलित आहारका लागि रकमको व्यवस्था गरिएको महानगरले जनाएको छ । पुस्तकविहीन शुक्रबार (बुक फ्री फ्राइडे) ले विद्यार्थीहरूलाई गहन सोच्ने क्षमता, रचनात्मकता, सञ्चार र सहकार्यको अभ्यासमा उत्प्रेरित गरेको छ । 

आयोगका सदस्य झाका अनुसार गुणस्तरीय शिक्षाका लागि प्रधानाध्यापक र शिक्षकहरूलाई स्वामित्व सिर्जना गर्न क्षमता विकास र प्रोत्साहनका कार्यक्रम थालिएका छन् । ११ वटा स्रोत केन्द्रमा ११ जना स्रोत शिक्षक नियुक्ति गरिएको छ । 

यो नयाँ अभ्यासले नेतृत्वको नीतिलाई कार्यान्वयनसँग जोडेको छ । गएको वर्ष ग्रेड सुधार गर्न  अतिरिक्त समयमा उपचारात्मक कक्षा सञ्चालन गर्न विद्यालयहरूलाई आर्थिक अनुदान प्रदान गरिएको थियो । २०८० सालको एसईई परीक्षामा ७८ प्रतिशत विद्यार्थीहरूले बी ग्रेडभन्दा माथिको नतिजा हासिल गर्नु कार्यक्रमको उपलब्धी हो । 

गतवर्षको यो सफल अभ्यासलाई निरन्तरता दिँदै महानगरपालिकाको गौरव योजना अन्तर्गत ‘गरिखाने शिक्षा, महानगरको ईच्छा’ अन्तर्गत विद्यार्थीको नतिजा सुधार गर्न दशैं र तिहारबीच र जाडो विदामा एसईई सहायता हुने गरी क्याम्प सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  १२ : २२ बजे

वीरगञ्ज नाकाबाट पेट्रोलियम आयात : ९ महिनामा ६० अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ

मिथिलामा जानकी नवमीको उल्लास

महोत्तरी– विभिन्न चाडपर्व र सांस्कृतिक उत्सवको वैभव मानिने मधेसको महोत्तरीसहितका

करिब तीन हजार सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ– बितेको २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक

राष्ट्रपति पौडेलबाट सीता जयन्तीको शुभकामना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई

देव गुरूङलाई प्रश्न : संविधान संशोधन बहसपत्र कार्यदलले के गर्दैछ ?

काठमाडौं- सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’