अन्नपूर्ण क्षेत्रमा पर्यटक सूचना केन्द्र स्थापना « Khabarhub

अन्नपूर्ण क्षेत्रमा पर्यटक सूचना केन्द्र स्थापना


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कास्की – अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गाउँपालिकासँगको साझेदारी कार्यक्रमअन्तर्गत पर्यटक सूचना केन्द्र, उद्यान र दिवा सेवा केन्द्रको स्थापना गरेको हो । 

पर्यटक सूचना केन्द्रका लागि एक्याप ल्वाङ कार्यालयबाट १० लाख, गाउँपालिकाको १३ लाख ६० हजार लागत साझेदारी गरी कूल २३ लाख ६० हजार लागतमा निर्माण गरिएको एक्याप ल्वाङका कार्यालय प्रमुख लेखनाथ गौतमले जानकारी दिए।   

केन्द्रले मर्दी हिमाल पदमार्ग, माछापुच्छ्रे नमूना पैदलमार्ग लगायतका पर्यटकीयस्थलमा पदयात्रामा जाने पर्यटकको अभिलेख संकलन गर्नेछ । पर्यटक समस्यामा परेमा द्रुत उद्धारमा सहयोग पुग्ने गौतमले बताए। खुमै डाँडा र क्रोचोङको पदयात्रा पनि यहीँबाट सुरु हुन्छ । 

सूचना केन्द्रबाट खुमै तथा मर्दी ट्रेकिङरुटको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले बताए।

पाँच रोपनी जमिनमा सूचना केन्द्र, दिवा सेवा केन्द्र र व्यायामशाला निर्माण भएको छ । 

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  १ : ३६ बजे

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण

बेलायती सांसदमाथि चीनले लगाएको प्रतिबन्ध फुकुवा गरेको प्रधानमन्त्री स्टार्मरको दाबी

सांघाई – चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची – सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

वीरगञ्ज भन्सारबाट छ महिनामा १८ अर्बका सवारी आयात

वीरगञ्ज- वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा १८