सभामुख घिमिरेले दिए बडादसैँको शुभकामना « Khabarhub

सभामुख घिमिरेले दिए बडादसैँको शुभकामना


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्  ।

‘दसैँले समाजमा आपसी सहयोग, मेलमिलाप, सद्भाव र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत गरेको छ । दसैँको पूर्वसन्ध्यामा मनसुनी प्रभावका कारण देशभर बाढीपहिरोले जनजीवन अस्तव्यस्त बनाएको तथा ठूलो सङ्ख्यामा नेपाली नागरिकलाई घरबारविहीन बनाएको अवस्था भएकोले सुरक्षित र सावधानीपूर्वक यात्रा गरी दसैँ मनाउन अनुरोध गर्दछु’, उनले सन्देशमा भनेका छन् । 

‘असत्यमाथि सत्यको विजय’ दसैँको सबैभन्दा ठूलो सन्देश भएको बताउँदै उनले देवी दुर्गाप्रति आस्था अभिवृद्धिसँगै परिवार र समुदायबीचको सम्बन्धलाई बलियो बनाउन यसले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरेको सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  २ : ०९ बजे

आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना

गण्डकी– गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई

लगातारको वर्षापछि काठमाडौंमा मौसम खुल्दै (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षापछि खुल्दै काठमाडौंको मौसम बङ्गालको खाडीमा विकसित चक्रवातको

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई

न्युयोर्क– विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

म्याड्रिड– जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र