पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या « Khabarhub

पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले रातभरि गरेको आक्रमणमा २० जना कामदारको गोली हानी हत्या भएको प्रहरीले शुक्रबार जनाएको छ ।

बलुचिस्तानमा पृथकतावादी लडाकु समूहहरूले नियमित रूपमा प्राकृतिक स्रोत निकासी परियोजनाहरूलाई निशाना बनाउदै आएको छ । यो पाकिस्तानको सबैभन्दा गरीब प्रान्त हो ।

आक्रमण भएको डुकी जिल्लाका प्रहरी प्रमुख असिम शफीले भने, ‘राति ४० जना आक्रमणकारीहरूले राति (स्थानिय समय १२ः३० बज) आधा घण्टासम्म खानीमा गोली चलाएका थिए ।’

जिल्लाका एक वरिष्ठ सरकारी अधिकारी कलीमुल्लाह काकरले सात जना घाइते भएको बताए । ‘आक्रमणकारीहरूले घटनास्थलमा रहेको मेसिनरीमा पनि आगो लगाए,’ उनले थपे ।

बलुचिस्तानमा धेरै निकासी योजनाहरू विदेशी देशहरू द्वारा सञ्चालित छन्, उक्त योजनाहरूमा सशस्त्र समूहहरूले आक्रमण गर्दै आएको छ ।

उग्रवादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले आइतबार राति दक्षिणी कराँचीमा एउटा सवारी साधनको काफिलेमा भएको बम आक्रमणमा दुई चिनियाँ कोइला कारखानाका कामदारको मृत्यु भएको दाबी गरेको छ ।

आतङ्ककारीहरूले बलुचिस्तानमा नियमित रूपमा पाकिस्तानका अन्य ठाउँबाट आएका आप्रवासी कामदारहरूलाई निशाना बनाउँछन् ।
शुक्रबारको आक्रमण चीन र रुसले स्थापना गरेको क्षेत्रीय समूह शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनका सरकार प्रमुखहरूको शिखर सम्मेलनको आयोजना गर्ने केही दिनअघि पाकिस्तानमा भएको हो ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  २ : २८ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ