तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे « Khabarhub

तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । 

त्यसैले महानवमीको दिन उक्त मन्दिरमा दर्शनार्थीको निकै घुइँचो लाग्ने गर्दथ्यो । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु मन्दिरमा यो वर्ष भने दर्शनार्थीको घुइँचो गतवर्षको तुलनामा कम देखिएको छ ।

काठमाडौँ महानगरपालिका–२४ का वडा अध्यक्ष विनोदकुमार राजभण्डारीले यो वर्ष दर्शनार्थीको सङ्ख्या घटेको बताए। उक्त मन्दिर सोही वडामा पर्दछ । उनकाअनुसार अघिल्लो वर्ष एक दिनमा पाँच लाख हाराहारीमा भक्तजनले दर्शन गरेका थिए । 

वडा अध्यक्ष राजभण्डारीले भने, ‘यसपटक तिथि फरक परेका कारण दर्शनार्थी त्यति छैनन्, पोहोर साल भक्तजनको लाइन इन्द्रचोकसम्मै थियो । आज मखन टोलसम्म मात्र छ ।’

तलेजु भवानीलाई फूलपातीको दिनमा हनुमान ढोका दरबारको मूलचोकमा ल्याइन्छ र विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइन्छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राती तान्त्रिक विधिबाट कालरात्री पूजा गर्ने परम्परा छ । कालरात्री पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत् दिने चलन छ । तलेजु भवानीमा मात्र नभइ आज मुलुकभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

वडाअध्यक्ष राजभण्डारीले भने,’अरु बेला पनि नित्य पूजा भइराख्छ । तर आज सर्वसाधारणका लागि विशेष गरी खोलिने चलन छ । आज महिसाषुरको वध गरेको दिन भनिन्छ, त्यसैले बली पनि दिने गरिएको हो ।’ उक्त मन्दिर बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म खोलिन्छ । दर्शनार्थीको भीड हेरेर मन्दिर खुल्ने समय बढाइने गरेको उनले बताए । 

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ४ : ५७ बजे

निर्वासनपछि मचाडोको स्वदेश फिर्ती

काराकस– भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया

दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुले, काठमाडौंमा चहलपहल बढ्यो

काठमाडौं– नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादसैँ सकिएसँगै सरकारी कार्यालयहरू सोमबारबाट

क्रिकेटको जोश, संगीतको ऊर्जा : एक्स्ट्रीम एन्थम सार्वजनिक !

काठमाडौं– क्रिकेटको रोमाञ्चमा संगीतको नयाँ ऊर्जा थप्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल

दमौली- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील

कांग्रेस नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यकोशपथ बिहीबार

ललितपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ