गैँडाकोटका बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग « Khabarhub

गैँडाकोटका बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट–२ का बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । 

जिल्ला विपद् व्यवस्थापन समिति नवलपुर र उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको संयुक्त आयोजनामा आज बिहान एक सय ३० बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । 

गत असोज १२ गते नारायणी नदीमा आएको बाढीका कारण यहाँका एक सय ३० परिवार प्रभावित भएका थिए । उनीहरूलाई दसैँ मनाउन सहज होस् भनी खाद्यान्न सहयोग गरिएको उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताए। 

सबैको घरमा दसैँको रमाइलो भइरहेको अवस्थामा बाढीपीडितलाई खाद्यान्नसमेत् नभएका कारण सहयोग गरिएको उनको भनाइ छ । 

भट्टचनका अनुसार बाढीपीडितलाई प्रति परिवार आठ किलो पाँच सय ग्राम चामल, दुई किलो मुसुरोको दाल, एक लिटर सूर्यमुखीको तेल र सात प्याकेट चाउचाउ दिइएको छ । 

एक सय ३० परिवारलाई रु चार लाख बराबरको खाद्य सामग्री सहयोग गरिएको भट्टचनले बताए। खाद्य सामग्री जय श्री फुड्स प्रालि एवम् गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले सहयोग गरेको उनले जानकारी दिए। 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गैँडाकोटका बाढीपीडितको बारेमा ढिला जानकारी प्राप्त गर्दा राहत सामग्री वितरणमा ढिलाइ भएको बताए ।

‘यहाँको अवस्थाका बारेमा हामीलाई ढिला जानकारी भयो, हालसम्म जिल्लाका धेरै बाढीपीडितलाई खाद्यान्न सहयोग भइसकेको छ’, उनले भने, ‘बाढीपीडितको नागरिकतालगायतका महत्वपूर्ण कागजपत्र बाढीले बगाएको जानकारी भएको छ, त्यसबारे सहजीकरण गर्नेछु ।’ 

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ५ : ०३ बजे

जेन-जी प्रदर्शनकारीमाथिको मुद्दा फिर्ता लिन प्रतिवेदन गृह मन्त्रालय पठाइने

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन