गैँडाकोटका बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग « Khabarhub

गैँडाकोटका बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट–२ का बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । 

जिल्ला विपद् व्यवस्थापन समिति नवलपुर र उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको संयुक्त आयोजनामा आज बिहान एक सय ३० बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । 

गत असोज १२ गते नारायणी नदीमा आएको बाढीका कारण यहाँका एक सय ३० परिवार प्रभावित भएका थिए । उनीहरूलाई दसैँ मनाउन सहज होस् भनी खाद्यान्न सहयोग गरिएको उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताए। 

सबैको घरमा दसैँको रमाइलो भइरहेको अवस्थामा बाढीपीडितलाई खाद्यान्नसमेत् नभएका कारण सहयोग गरिएको उनको भनाइ छ । 

भट्टचनका अनुसार बाढीपीडितलाई प्रति परिवार आठ किलो पाँच सय ग्राम चामल, दुई किलो मुसुरोको दाल, एक लिटर सूर्यमुखीको तेल र सात प्याकेट चाउचाउ दिइएको छ । 

एक सय ३० परिवारलाई रु चार लाख बराबरको खाद्य सामग्री सहयोग गरिएको भट्टचनले बताए। खाद्य सामग्री जय श्री फुड्स प्रालि एवम् गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले सहयोग गरेको उनले जानकारी दिए। 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गैँडाकोटका बाढीपीडितको बारेमा ढिला जानकारी प्राप्त गर्दा राहत सामग्री वितरणमा ढिलाइ भएको बताए ।

‘यहाँको अवस्थाका बारेमा हामीलाई ढिला जानकारी भयो, हालसम्म जिल्लाका धेरै बाढीपीडितलाई खाद्यान्न सहयोग भइसकेको छ’, उनले भने, ‘बाढीपीडितको नागरिकतालगायतका महत्वपूर्ण कागजपत्र बाढीले बगाएको जानकारी भएको छ, त्यसबारे सहजीकरण गर्नेछु ।’ 

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ५ : ०३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको