दसैँको बेला 'कुमारी पूजन' मिथिलाको विशेष परम्परा | Khabarhub Khabarhub

दसैँको बेला ‘कुमारी पूजन’ मिथिलाको विशेष परम्परा


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – मिथिलामा दसैँको बेला गरिने कुमारी पूजनलाई विशेष परम्परा मानिन्छ । जसरी दसैँको बेला दुर्गा पूजा गरिन्छ त्यसरी नै कुमारी पूजनलाई पनि महत्व दिने गरिएको संस्कृतिविद् काशीकान्त झाले बताए। 

कुमारी पूजनबारे जानकार डा राजेन्द्र विमलका अनुसार दुई वर्षदेखि दश वर्षसम्मका कन्यालाई साक्षात् माताको स्वरूप मानिने भएकाले यो पूजा घर–घरमा हुने गरेको छ ।

‘यस पूजनमा कन्याको खुट्टाको पूजन र भोजन गराइन्छ । मान्यताअनुसार होम, जप र दान दिएभन्दा धेरै कन्या पूजनले देवी प्रसन्न हुने धार्मिक ग्रन्थमा उल्लेख छ । त्यसैकारण दुर्गा पूजाको बेला कन्या पूजनको महत्व छ’, उनले भने ।

कन्या पूजनका लागि चयन गरिएको कन्याको उमेर दुई देखि दश वर्षभन्दा बढी हुनुहुँदैन । कन्यालाई भोजनका लागि एकदिन अघि निमन्त्रणा दिने प्रचलन रहेको जनकपुरधाम उपमहानगरपालिकाका पूर्व प्रमुख बजरप्रसाद साहले बताए। जनकपुरधाम उपमहानगरपालिका–१६ की खुश्बु मण्डलका अनुसार  पूजनका दिन कन्यालाई खुट्टा धोएर, रोली अक्षताबाट पूजन गरी भोजन गराइन्छ र फेरी खुटटा ढोगी दान दिने परम्परा छ ।

कन्या पूजन कतिपयले सप्तमी, अष्टमी नवमी मात्रै गर्छन्, तर मिथिलाका विभिन्न स्थानमा दसैँभरि हुने पण्डित रामचन्द्र झाले बताए। डा विमलका अनुसार दूई वर्षकी कन्या कुमारीको पूजनले माता दुःख र दरिद्रता समाप्त हुन्छ भने तीन वर्षकी कन्यालाई त्रिमूर्तिको रूप मानिएकाले परिवारमा सुख समृद्धि आउने गर्छ । यसैगरी चार वर्षकी कन्यालाई कल्याणी मानिएको छ । 

उक्त पूजनले परिवारको कल्याण हुने मान्यता छ । पाँच वर्षकी कन्यालाई रोहिणी भनिन्छ । यो उमेरको कन्यालाई पूजन गर्दा व्यक्ति रोगमुक्त हुने विश्वास गरिन्छ । छ वर्षकी कन्यालाई कालिकाको रूप मानिन्छ । यसले विद्या, विजय, राजयोगको प्राप्ति हुने विश्वास गरिएको उनले बताए ।

सात वर्ष की कन्यालाई चण्डिकाको रूप मानिन्छ । यसको पूजा गर्दा ऐश्वर्यको प्राप्ति हुने विश्वास छ । आठ वर्षकी कन्यालाई शाम्भवी भनिन्छ । यसको पूजन गर्दा वाद विवादमा विजय प्राप्त हुने विश्वास छ भने कुनै प्रकारको कलहसमेत नहुने बताइन्छ । नौ वर्षकी कन्यालाई दुर्गा मानिन्छ । यसको पूजन गर्दा शत्रुको नाश हुने विश्वास गरिन्छ । दस वर्षकी कन्यालाई सुभद्रा भनिन्छ । यसको पूजनले भक्तको सबै कामना पूरा हुने मान्यता छ ।

अहिले बच्चा जन्माउनेको सङ्ख्यामा कमी आएपछि कन्याको अभाव हुन थालेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रिङ्कु साहले बताए। जनकपुरधाम उपमहानगरपालिका–३ का वडा अध्यक्ष दिपेन्द्र साहले कन्याको अभावमा एउटै कन्यालाई धेरै ठाउँमा पूजन गर्नु परेको जानकारी दिए। 

पहिला एउटै टोलमा धेरै कन्या भेटिने गरेकामा अहिले अन्य टोलबाट खोजेर पूजनका लागि ल्याउने गरिएको स्थानीय विनिता कामतले बताए।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ६ : ०८ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय