इजरायललाई हतियार नदिन अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पेनी प्रधानमन्त्रीको आग्रह « Khabarhub

इजरायललाई हतियार नदिन अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पेनी प्रधानमन्त्रीको आग्रह


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले शुक्रबार भ्याटिकन पोप फ्रान्सिससँगको बैठकपछि अन्तर्राष्ट्रिय समुदायसमक्ष इजरायललाई हतियार बिक्री रोक्न आह्वान  गरेका छन् ।

‘मलाई लाग्छ कि मध्यपूर्वमा जे भइरहेको छ त्यसलाई मध्यनजर गर्दा अन्तर्राष्ट्रिय समुदायले इजरायल सरकारलाई हतियार निर्यात बन्द गर्न अत्यावश्यक छ’, उनले पत्रकारहरूसँग भने, ‘यो एउटा अपिल हो जुन म सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई गर्दछु, कुनै न कुनै तरिकाले हिंसाको वृद्धि र युद्ध तथा गाजा, पश्चिम किनार वा यस मामिलामा लेबनानमा यसको विस्तारमा योगदान नगर्नु महत्त्वपूर्ण छ ।’

उनका टिप्पणीहरूले फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनका भनाइहरूलाई प्रतिबिम्बित गर्दछन् । म्याक्रोनले मुलुकहरूले गाजामा लड्नका लागि हतियार डेलिभरी रोक्नुपर्ने बताएका थिए । म्याक्रोनको भनाइले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको आक्रोश बढाएको थियो । 

सन् २०२३ अक्टोबर ७ मा हमासको घातक आक्रमणपछि इजरायली प्रतिक्रियाको युरोपेली सङ्घ (इयु) का नेताहरूमध्ये सान्चेज सबैभन्दा स्पष्ट आलोचक छन्। 

उनले बुधबार लेबनानमा इजरायलको सैन्य अभियानलाई ‘आक्रमण’ को रूपमा वर्णन गरेका थिए।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ६ : २९ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन