काभा पुरुष भलिबल : नेपाल फाइनलमा प्रवेश « Khabarhub

काभा पुरुष भलिबल : नेपाल फाइनलमा प्रवेश


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनशिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

श्रीलङ्काको कोलम्बोमा आज भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई ३–० सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । आजको खेलमा नेपालले पहिलो सेट २५–१४, दोस्रो सेट २५–२१ र अन्तिम सेट २५–२० अङ्कले जितेको हो ।

जितसँगै नेपालले पाँच खेलबाट १० अङ्क जोडेको छ । यसअघि नेपालले श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३–१ र किर्गिस्तानसँग ३–२ सेटमा हार बेहोरेको थियो ।

तुर्कमिनेस्तानले पाँच खेलबाट समान १० अङ्क नै जोडेको छ । उसले माल्दिभ्स र किर्गिस्तानलाई समान ३–० तथा श्रीलङ्कालाई ३–१ को सेटमा पराजित गरेको थियो भने तुर्कमिनेस्तान उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो । शनिबार नेपाल र उज्वेकिस्तानबीच फाइनल खेल हुनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ७ : २४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस