आज १२ बजेभित्र उद्योगहरूमा लाइन जोड्न असम्भव : प्राधिकरण « Khabarhub

आज १२ बजेभित्र उद्योगहरूमा लाइन जोड्न असम्भव : प्राधिकरण


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिजुलीको लाइन काटिएका उद्योगहरूमा आज मध्याह्न १२ बजेभित्र पुनः लाइन नजोडिने भएको छ । आइतबार मन्त्रिपरिषद्को बैठकले लाइन काटिएका उद्योगहरूमा आज १२ बजेसम्म लाइन जोड्न गरेको निर्णय कार्यान्वयन नहुने भएको हो ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले अहिलेसम्म प्राधिकरणलाई कुनै औपचारिक जानकारी नआएको र बोर्डको बैठक बसेर के गर्ने भन्ने सन्दर्भमा निर्णय गर्नसक्ने बताए ।

‘भर्खरै कार्यालय समय सुरु भएको छ, बोर्डको बैठक बस्ला र कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्ला’, प्रवक्ता घोषले खबरहबसँग भने । उनले बोर्डको बैठक बसेर निर्णय नगरीकन उद्योगमा लाइन जोडिने काम अगाडि नबढ्ने समेत बताए ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महसुल नबुझाएका उद्योगहरूमा काटिएको लाइन आज मध्याह्न १२ बजेसम्म जोड्ने र ती उद्योगहरूबाट १५ दिनभित्र टिओडी मिटरका आधारमा बक्यौता उठाउने निर्णय गरेको थियो ।

तर, सोमबार बिहानसम्म पनि सरकार वा मन्त्रालयले भने प्राधिकरणलाई सो सम्बन्धी कुनै औपचारिक निर्देशन भने दिइसकेको छैन ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १० : ३४ बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित