कृषकको उत्पादन क्षमता अभिवृद्धिमा पहल गरिदिन देउवालाई आग्रह  « Khabarhub

कृषकको उत्पादन क्षमता अभिवृद्धिमा पहल गरिदिन देउवालाई आग्रह 


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको चुरे गाउँपालिकाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग स्थानीय कृषकको उत्पादन क्षमता अभिवृद्धिका लागि सरकार समक्ष विशेष प्याकेज छुट्याउन पहल गरिदिन आग्रह गरेको छ । 

भीमदत्त राजमार्गअन्तर्गत पर्ने सहजपुर बजारमा भएको भेटका क्रममा उपाध्यक्ष धनादेवी थापाले सभापति देउवासँग चुरे गाउँपालिकाका कृषकको उत्पादन क्षमता अभिवृद्धिका लागि सरकार समक्ष विशेष प्याकेज छुट्याउन पहल गरिदिन आग्रह गरेकी हुन् ।

एकसाता लामो भ्रमणका लागि गृहजिल्ला डडेल्धुरा जाने क्रममा कार्यकर्ता भेटघाटका लागि सहजपुर रोकिएका कांग्रेस सभापति देउवासँग उनले चुरे क्षेत्र सुन्तलालगायत दलहन (दाल), कोदो र अदुवा उत्पादनका लागि उर्बर रहेको बताइन् ।

चुरे गाउँपालिकामा सुन्तला, दलहन, कोदो, अदुवालगायतको कृषि व्यवसायलाई विशेष पहल गरेर उत्पादन बढाउन सके विकासमा ठूलो टेवा पुग्ने भन्दै उपाध्यक्ष थापाले सभापति देउवासँग गम्भीरताका साथ पहल गरिदिन अनुरोध गरिन् । 

चुरे गाउँपालिका–३ का वडा अध्यक्ष खगेन्द्र कठायतले सुदूरपश्चिमका सातवटै पहाडी जिल्लाहरूबाट तराईका कैलाली र कञ्चनपुर जाने एकमात्रै सडक भीमदत्त राजमार्गको मर्मत–सुधार गरेर सहज बनाइदिनका लागि पहल गरिदिन आग्रह गरे ।

जवाफमा सभापति देउवाले चुरे क्षेत्रको कृषि उत्पादनबारे आफू जानकार रहेको बताए । उनले भीमदत्त राजमार्गको स्तरोन्नतिका लागि गम्भीर रहेको बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १२ : १७ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ