कृषकको उत्पादन क्षमता अभिवृद्धिमा पहल गरिदिन देउवालाई आग्रह  « Khabarhub

कृषकको उत्पादन क्षमता अभिवृद्धिमा पहल गरिदिन देउवालाई आग्रह 


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको चुरे गाउँपालिकाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग स्थानीय कृषकको उत्पादन क्षमता अभिवृद्धिका लागि सरकार समक्ष विशेष प्याकेज छुट्याउन पहल गरिदिन आग्रह गरेको छ । 

भीमदत्त राजमार्गअन्तर्गत पर्ने सहजपुर बजारमा भएको भेटका क्रममा उपाध्यक्ष धनादेवी थापाले सभापति देउवासँग चुरे गाउँपालिकाका कृषकको उत्पादन क्षमता अभिवृद्धिका लागि सरकार समक्ष विशेष प्याकेज छुट्याउन पहल गरिदिन आग्रह गरेकी हुन् ।

एकसाता लामो भ्रमणका लागि गृहजिल्ला डडेल्धुरा जाने क्रममा कार्यकर्ता भेटघाटका लागि सहजपुर रोकिएका कांग्रेस सभापति देउवासँग उनले चुरे क्षेत्र सुन्तलालगायत दलहन (दाल), कोदो र अदुवा उत्पादनका लागि उर्बर रहेको बताइन् ।

चुरे गाउँपालिकामा सुन्तला, दलहन, कोदो, अदुवालगायतको कृषि व्यवसायलाई विशेष पहल गरेर उत्पादन बढाउन सके विकासमा ठूलो टेवा पुग्ने भन्दै उपाध्यक्ष थापाले सभापति देउवासँग गम्भीरताका साथ पहल गरिदिन अनुरोध गरिन् । 

चुरे गाउँपालिका–३ का वडा अध्यक्ष खगेन्द्र कठायतले सुदूरपश्चिमका सातवटै पहाडी जिल्लाहरूबाट तराईका कैलाली र कञ्चनपुर जाने एकमात्रै सडक भीमदत्त राजमार्गको मर्मत–सुधार गरेर सहज बनाइदिनका लागि पहल गरिदिन आग्रह गरे ।

जवाफमा सभापति देउवाले चुरे क्षेत्रको कृषि उत्पादनबारे आफू जानकार रहेको बताए । उनले भीमदत्त राजमार्गको स्तरोन्नतिका लागि गम्भीर रहेको बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १२ : १७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको