उपनिर्वाचनमा एकतावद्ध हुन कार्यकर्तालाई माओवादीको निर्देशन | Khabarhub Khabarhub

उपनिर्वाचनमा एकतावद्ध हुन कार्यकर्तालाई माओवादीको निर्देशन


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा सफलता हासिल गर्न योजनावद्ध कार्यक्रम बनाउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बिहान बसेको बैठकले पार्टीका उम्मेदवारलाई जिताउन एकतावद्ध भएर अगाडि बढ्न निर्देशन दिएको हो।

यस्तै, बैठकले उपनिर्वाचनमा सत्तामा रहेका कुनै पनि पार्टीसँग सहकार्य नगर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनले विपक्षमा रहेका दलहरुसँग भने छलफल गर्न सकिने बताए ।

बैठकले उपनिर्वाचनका लागि प्रदेश, जिल्ला तहबाट आएका सिफारिस अनुमोदन गरेको प्रवक्ता सापकोटाले बताए। 

माओवादीले आगामी मंसिरमा पालिका सम्मेलन र खबरदारी कार्यक्रम गर्ने निर्णय गरेको छ ।

उनले आगामी पुस २ गते पार्टीको केन्द्रीय समितिको बैठक बस्ने निर्णय भएको समेत जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १२ : २२ बजे

बङ्गलादेश : आन्दोलनका क्रममा लुटिएका ६ हजार बन्दुक बरामद

ढाका– बङ्गलादेशकी पूर्व नेतृ शेख हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनपछि सुरक्षा

भरुवा बन्दुकसहित एकजना पक्राउ

सुन्दरबजार– जिल्लाको क्व्होलासोथार गाउँपालिका–९ छापागाउँबाट अवैध भरुवा बन्दुकसहित पक्राउ परेका

माओवादीको उकालो यात्रा सुरु भयो : प्रचण्ड

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि

हराए जेब्राक्रस, जोखिममा पैदल यात्री (तस्बिरहरू)

काठमाडौं- नेपालका सवारी चालक, त्यसै पनि अटेरी गर्छन्, पैदलयात्री र

अब समस्याउन्मुख सहकारीको अनुगमन गरिने, सातवटा टोली परिचालन

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याउन्मुख सहकारीको