आर्थिक सुधारका काम हुँदैछ : प्रधानमन्त्री  | Khabarhub Khabarhub

आर्थिक सुधारका काम हुँदैछ : प्रधानमन्त्री 


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन्।

विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा उनले सो अत्यन्त छोटो प्रतिक्रिया दिए। उनी समयको व्यस्तता र अभावका कारण पत्रकारहरूसँग पछि कुरा गर्ने पनि जनाए।

सो अवसरमा प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई, सो पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरू, पार्टीका उच्चपदस्थ पदाधिकारीहरू एवं कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए।

प्रधानमन्त्री ओली बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानद्वारा आयोजना हुने १३औँ दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गरेका हुन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १२ : २७ बजे

सगरमाथा यात्रा दस्तुर बढ्यो, विदेशीले थप ४ हजार डलर तिर्नुपर्ने

 काठमाडौं– नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ ।

भीम रावललाई सघाउने नेता-कार्यकर्तामाथि एमालेले चलाउन थाल्यो कारबाहीको डन्डा

अछाम- गत पुस ११ गतेको सचिवालय बैठकबाट निष्कासित पूर्वउपाध्यक्ष डा.

भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल

महोत्सव उद्घाटन गर्न हेलिकप्टर चढेर धादिङ पुगे उपप्रधानमन्त्री सिंह

काठमाडौं- अहिले देशभर मेला र महोत्सवको माहोल छ । देशका

हिमाल जोगाउने अभियानमा सिरिजङ्घा गाउँपालिका

फुङ्लिङ– दिन प्रतिदिन जलवायु परिवर्तनका कारण हिमताल, हिमनदीका साथै हिमालको