साउदी अरबमा जुटे मुस्लिम देशका नेता : गाजा र लेबनानमा इजरायली आक्रमण रोक्न दबाब दिने « Khabarhub

साउदी अरबमा जुटे मुस्लिम देशका नेता : गाजा र लेबनानमा इजरायली आक्रमण रोक्न दबाब दिने


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इस्लामिक देशका नेताहरू साउदी अरबमा भेला हुन थालेका छन । अरब र मुस्लिम देशका नेताहरू सोमबार साउदी अरबको राजधानी रियाद पुगिरहेका छन्।

अरब र मुस्लिम देशका नेताहरू रियादमा हुने एक सम्मेलनमा भाग लिन पुगेका हुन् । यो सम्मेलनमा गाजा र लेबनानमा इजरायलले गरिरहेको आक्रमणमा केन्द्रित छ ।

साउदी अरबको सरकारी सञ्चारमाध्यम वफाका अनुसार प्यालेस्टाइन र लेबनानमा बढ्दो हिंसालाई लिएर यो सम्मेलनले साझा धारणा बनाउँदैछ ।

‘फ्यालेस्टाइन र लेबनानी क्षेत्रमा बढ्दो हिंसा, जसमा क्रुर इजरायली आक्रमणले अरब र इस्लामी नेताहरूलाई तत्काल कुनै न कुनै कारबाही चाल्नुपर्ने दिशातर्फ बाध्य बनाउँदैछ’, सरकारी सञ्चारमाध्यम वफाले भनेको छ ।

यस सम्मेलनको मुख्य प्राथमिकता, प्यालेस्टाइन र लेबनानी क्षेत्रमा इजरायली आक्रमण रोक्ने, आममानिसको जीवन रक्षा र त्यस क्षेत्रमा शान्ति कायम गर्दै स्थिरता फर्काउने कामका लागि अन्तरराष्ट्रिय समुदायमाथि दबाब बढाउनु रहेको छ।

रियादमा भइरहेको यस सम्मेलनमा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ पनि साउदी अरब पुगिसकेका छन् ।

उनले एक्समा लेखेका छन्, ‘रियाद पुगेको छु । जहाँ म गाजामा बिग्रिरहेको स्थितिबारे आयोजित संयुक्त अरब इस्लामिक शिखर सम्मेलनमा मुस्लिम समुदायका नेतासँगै सहभागी हुनेछु । त्यहाँ म प्यालेस्टाइनका बासिन्दाको अधिकारका लागि आवाज उठाउनेछु ।’

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेश मन्त्री मोहम्मद इसहाक डारले पनि यस सम्मेलनमा भाग लिँदैछन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १ : ३१ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी