अमेरिकाको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु, १६ घाइते « Khabarhub

अमेरिकाको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु, १६ घाइते


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाको अलाबामा राज्यको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् ।

घटनाको अनुसन्धानका लागि मेसिनगन राखेको आरोपमा २५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको अलाबामा कानून प्रवर्तन एजेन्सीले एक समाचार विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिअनुसार मेसिनगन रूपान्तरण उपकरणका साथ ह्यान्डगन लिएर आरोपित घटनास्थलबाट बाहिर जाँदै गर्दा पक्राउ गरिएको थियो ।  

विश्वविद्यालयले कानून प्रवर्तनले घटनास्थललाई सुरक्षित गरेको र अलाबामा ब्युरो अफ इन्भेस्टिगेसनले अनुसन्धान गरिरहेको बताएको छ । संयुक्त राज्य अमेरिकामा यस वर्ष अहिलेसम्म रिपोर्ट गरिएको कम्तीमा चार स य ५४ वटा सामूहिक गोलीबारीमध्ये यो पनि एक हो ।

गत अक्टोबर १९ मा अल्बानी स्टेट युनिभर्सिटीमा भएको गोली हानाहानमा एक जनाको मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए । सोही दिन मिसिसिपीमा गोली चल्दा तीन जनाको मृत्यु भएको थियो भने अन्य आठ जना घाइते भएका थिए । 

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  २ : ०४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको