कार्तिक आर्यन स्टारर भूल भुलैया ३ ले कमायो दुई सय करोड « Khabarhub

कार्तिक आर्यन स्टारर भूल भुलैया ३ ले कमायो दुई सय करोड


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– । बलिउड अभिनेता कार्तिक आर्यन स्टारर फिल्म भूल भुलैया-३ ले बक्स अफिसमा गतिलो आम्दानी गरेको छ।

भूल भुलैया-३ ले भारतीय बक्स अफिसमा २०० करोड कमाउन सफल भएको छ । बलिउड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले आइतबार १८ करोड १० लाख कमाउँदै कूल २१६ करोड ७६ लाख आम्दानी गरेको हो।

यससँगै यो कार्तिक आर्यन र निर्देशक अनिज बज्मीको पहिलो दुई सय करोड क्लबको फिल्म बनेको छ । त्यस्तै भूल भुलैया सिरिजको पनि पहिलो दुई सय करोड क्लबको फिल्म बनेको छ । १५० करोडको लगानीमा बनेको यो फिल्म कार्तिक आर्यनको अहिलेसम्मकै ब्लकबस्टर बनेको छ ।

फिल्ममा कार्तिकका अलावा विद्या बालन, तृप्ति डुमरी र माधुरी दिक्षितको पनि प्रमुख भूमिका छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  २ : ०८ बजे

नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको