वायुसेवा कम्पनी ‘विस्तारा’ ले सोमबार अन्तिम उडान गर्दै « Khabarhub

वायुसेवा कम्पनी ‘विस्तारा’ ले सोमबार अन्तिम उडान गर्दै


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय वायुसेवा कम्पनी ‘विस्तारा’ले सोमबार अन्तिम उडान गर्ने भएको छ । यो कम्पनीले विगत नौ वर्षदेखि भारतीय उड्डयन क्षेत्रमा सेवा प्रदान गर्दै आएको थियो ।

‘विस्तारा’ सिंगापुर एयरलाइन्स र टाटा सन्सको संयुक्त कम्पनी थियो । तर, अब यो टाटा समूहको स्वामित्वमा रहेको एयरलाइन्स कम्पनी एयर इन्डियासँग मर्ज हुन लागेको छ । मंगलबारदेखि स्वतन्त्र ब्राण्डको रुपमा विस्ताराको उडान हुने छैन । यो मर्जरपछि ‘विस्तारा’ एयरलाइन्स एयर इन्डियामार्फत सञ्चालन हुनेछ । यसमा हेल्पडेस्क र टिकट अफिस पनि समावेश छ ।

पछिल्ला केही महिनादेखि, विस्ताराको अवस्थित बुकिङ र लोयल्टी कार्यक्रम यात्रुहरूलाई एयर इन्डियामा स्थानान्तरण गर्ने प्रक्रिया चलिरहेको थियो ।

‘मर्जर प्रक्रियाको एक भागको रूपमा, खाना, सेवाहरू र अन्य सबै चीजहरू पनि स्तरवृद्धि भइरहेका छन् । यसमा ‘विस्तारा’ र एयर इन्डिया दुवै पक्षहरू समावेश छन्,’ एयर इन्डियाका प्रवक्ताले जानकारी दिएका छन् ।

मर्जरले सेवाको स्तरलाई असर गर्ने चिन्ताको बीचमा टाटाले विस्ताराको उडानको अनुभव उस्तै रहने आश्वासन दिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  २ : २९ बजे

बाल विवाहलाई पुनःपरिभाषित गर्न माग

काठमाडाैं – मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको

पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ उपाधि

काठमाडौं – पाकिस्तानलाई २–१ गोलले पराजित गर्दै भारतले साफ च्याम्पियनसिप

मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाको अनुगमन

जनकपुर – मधेस प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री

इरानद्वारा बहराइनमा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो

तेहरान – इरानले मंगलबार बहराइनमाथि पुनः ड्रोन आक्रमण गरेको छ

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

बाँके – प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज