‘दार्चुला–टिङ्कर सडक आयोजना अघि बढाइने छ’ « Khabarhub

‘दार्चुला–टिङ्कर सडक आयोजना अघि बढाइने छ’


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक्षामन्त्री मानवीर राईले दार्चुला–टिङ्कर सडक आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् । 

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मन्त्री राईले नेपाली सेनाले निर्माणको जिम्मा पाएको उक्त आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन आफूले सेनासँग समन्वय समेत गरिरहेको बताएका हुन् ।

आर्थिक वर्ष ०७७-७८ बाट निर्माण सुरु गरिएको तथा राष्ट्रिय प्राथमिकतामा परेको उक्त सडक परियोजनाको निर्माण सुस्त भएको भएको गुनासो आउने गरेको छ ।

मन्त्री राईले महाकाली करिडोरलाई तराई–मधेश फास्ट ट्र्याकपछिको प्राथमिकतामा राख्नुपर्नेमा सबैको चासो रहेको जिकिर गरे । त्यस्तै उनले तराई-मधेश फास्ट ट्रयाक समेत कार्तिक अन्तिम साता संसदीय समितिसंग निरीक्षण अनुगमनमा जाने जानकारी दिए । 

 

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ३ : २७ बजे

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६