साउनयता छ सय बढीमा स्क्रब टाइफस सङ्क्रमण « Khabarhub

साउनयता छ सय बढीमा स्क्रब टाइफस सङ्क्रमण


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये छ सय छ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउनयता  तीन हजार दुई सय १७ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पटेलका अनुसार सङ्क्रमितमध्ये तीन सय छजना चितवनका हुन् भने तीन सयजना जिल्ला बाहिरका रहेका छन् । जिल्लामा सङ्क्रमिaतमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका एक सय ४६ जना र सबैभन्दा कम माडी नगरपालिकाका आठजना रहेका छन् । 

यस्तै रत्ननगर नगरपालिकाका ४५ जना, खैरहनी नगरपालिकाका ३० जना, राप्ती र कालिका नगरपालिकाका २७-२७ जना र इच्छाकामना गाउँपालिकाका २३ जना रहेका छन् । 

सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ । साउनयता आएका बिरामीमध्ये तीन हजार दुई सय ८० जनामा डेङ्गीको संक्रमण पुष्टि भएको छ । १० हजार ५७३ जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गीको सङ्क्रमण पुष्टि भएको हो । 

जसमध्ये दुई हजार पाँच सय २० जना चितवनका रहेका छन् भने सात सय ६० जना जिल्ला बाहिरका रहेका छन् । जिल्लामा सङ्क्रमितमध्ये दुई जनाको मृत्यु भएको छ ।  

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ४ : ०३ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी