राष्ट्रपति पौडेलले जहाजमै भेटे राष्ट्रसंघका महासचिव गुटेरसलाई « Khabarhub

राष्ट्रपति पौडेलले जहाजमै भेटे राष्ट्रसंघका महासचिव गुटेरसलाई


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

बाकु, अजरबैजान- अजरबैजानको यात्रामा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरससँग हवाईजहाजमै संवाद गरेका छन् ।

अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमै दुईजनाबीच कुरा भएको हो ।

त्यस भेटमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याबारेमा संक्षिप्त कुरा भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

‘जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो । हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ’, उनीहरूको भेटबारे राष्ट्रपतिको सचिवालयले भनेको छ ।

जहाजमा यात्राका क्रममा महासचिव गुटेरस राष्ट्रपति पौडेल बसेकै ठाउँमा आएर कुरा गरेको बताइएको छ ।

सोमबारदेखि सुरु जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पौडेलले गरेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ४ : २० बजे

द्रौपदीलाई बार डान्सरको रूपमा देखाएपछि विवादमा ‘पाँच पाण्डव’

काठमाडौं– महाभारतका पाँच पाण्डव र द्रौपदीको नामलाई आधुनिक नेपाली समाजसँग

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न