राष्ट्रपति पौडेलले जहाजमै भेटे राष्ट्रसंघका महासचिव गुटेरसलाई « Khabarhub

राष्ट्रपति पौडेलले जहाजमै भेटे राष्ट्रसंघका महासचिव गुटेरसलाई


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

बाकु, अजरबैजान- अजरबैजानको यात्रामा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरससँग हवाईजहाजमै संवाद गरेका छन् ।

अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमै दुईजनाबीच कुरा भएको हो ।

त्यस भेटमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याबारेमा संक्षिप्त कुरा भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

‘जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो । हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ’, उनीहरूको भेटबारे राष्ट्रपतिको सचिवालयले भनेको छ ।

जहाजमा यात्राका क्रममा महासचिव गुटेरस राष्ट्रपति पौडेल बसेकै ठाउँमा आएर कुरा गरेको बताइएको छ ।

सोमबारदेखि सुरु जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पौडेलले गरेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ४ : २० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार