एनपीएलको तयारी तीव्र, पारसले भने- यस पटक फ्लड लाइटमा खेलाउने इच्छा पूरा भएन « Khabarhub

एनपीएलको तयारी तीव्र, पारसले भने- यस पटक फ्लड लाइटमा खेलाउने इच्छा पूरा भएन


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी तीव्र रुपले अघि बढिरहेको जनाएको छ ।

एनपीएलका सन्भर्दमा सोमबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलका क्रममा क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएलको सबै तयारी तीव्र रुपमा अघि बढिरहेको बताए ।

लिगलाई भव्य बनाउन क्यानले लामो समयदेखि तयारी गरेर अहिलेको अवस्थासँग आइपुग्दा सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पाएको उनले बताए ।

खड्काले फ्रेन्चाइज लिगका लागि चुनौतीका रुपमा रहेका पूर्वाधारको तयारी पनि अघि बढिरहेको धारणा राखे। खेल र खेलाडीको विकाससँगसँगै क्रिकेटमा आकर्षण बनाउन पनि लिग महत्वपूर्ण हुने उनले बताए ।

अब हुने पहिलो संस्करणमा फ्लड लाइटमा गर्न नसकेपछि दोश्रो संस्करण फ्लड लाइटमा गर्ने इच्छा रहेको उनले सुनाए ।

केपी शर्मा ओ‌ली नेतृत्वको सरकारले तीन महिनाभित्र फ्लड लाइट जडान थाल्ने बताए पनि अझैसम्म काम हुन सकेको छैन ।

सचिव खड्काले एनपीएलमा सहभागी हुने फ्रेन्चाइज टोलीको २४ घण्टा निगरानी हुने जानकारी दिए । लिग अवधि भर एन्टिकरप्शन टीम सक्रिय रहने उनको भनाइ छ ।

एनपीएल आगामी मंसिर १६ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ५ : २१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया