युक्रेनको सैन्य हेलिकप्टर अपहरण प्रयास रोकेको रूसको दावी « Khabarhub

युक्रेनको सैन्य हेलिकप्टर अपहरण प्रयास रोकेको रूसको दावी


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसले सोमबार युक्रेनको सैन्य गुप्तचरले रूसी एमआई–डएमटिपीआर–१ इलेक्ट्रोनिक युद्ध हेलिकप्टर अपहरण गर्ने प्रयासलाई रोकेको जनाएको छ ।

युक्रेनी सैन्य गुप्तचर अधिकारीहरूले यो हेलिकप्टरलाई  युक्रेनी सशस्त्र बलद्वारा नियन्त्रित क्षेत्रमा सार्न रूसी सैन्य पाइलट भर्ती गर्ने प्रयाससमेत गरेको रूसको संघीय सुरक्षा सेवा (एफएसबी) सुरक्षा एजेन्सीले जनाएको छ ।  

घटनाको स्पष्ट मिति उल्लेख नगरिएको भएता पनि अपरेसनको क्रममा प्राप्त गुप्तचरले युक्रेनी स्थानहरूमा आक्रमण गर्न अनुमति दिएको बताएको छ ।
रूसी समाचार एजेन्सी आरआईए नोभोस्तीले एफएसबीलाई उद्धृत गर्दै पाइलटलाई किभ सुरक्षा सेवाले सम्पर्क गरेको जनाइएको छ ।

गत जुलाईमा, एफएसबीले आर्थिक पुरस्कार र इटालियन नागरिकताको बदलामा ‘रूसी सैन्य पाइलट’ को सहभागितामा उक्त प्रयासलाई रोकेको दाबी गरेको थियो ।

सन् २०२३ को गर्मीमा युक्रेनले द्वन्द्वको विरोध गर्ने रूसी हेलिकप्टर पाइलट म्याक्सिम कुजमिनोभलाई भर्ती गरेको थियो । जसको सन् २०२४ को सुरुमा स्पेनमा मृत्यु भएको जनाइएको छ । 

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ५ : १८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको