अदुअआ ऐन २०४८ संशोधन विधेयकमाथि छलफल « Khabarhub

अदुअआ ऐन २०४८ संशोधन विधेयकमाथि छलफल


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदसँग छलफल गरेको छ । 

समितिको आजको बैठकमा सांसदले भ्रष्टाचारसम्बन्धी विषयको अनुसन्धान गर्ने मुख्य जिम्मेवारी प्राप्त अख्तियारको भूमिकालाई बलियो बनाउने प्रावधान ऐनमा समेटिनुपर्नेमा जोड दिए।

संशोधनकर्ता सांसद अर्जुननरसिंह केसीले संवैधानिक संस्थालाई राजनीतिक भागबण्डाबाट बाहिर राख्न नसक्दा त्यस्ता संस्था निरीह हुने र यसबाट मूल्यमान्यता र पद्धति कागजमा सीमित हुने बताए।

‘भ्रष्टाचार मुक्त समाज नभएसम्म सुशासन कायम हुन सक्दैन, ‘सिंहदरबार र भ्रष्टाचार’ पर्याय बनेको छ, यसलाई चिर्न अख्तियार दुरुपयोग आयोग ऐनलाई बलियो बनानुपर्छ’, उनले भने।

नीतिगत निर्णयका नाममा हुने भ्रष्टाचार रोक्न नसकिए अवस्था झन् जटिल हुनसक्ने औँल्याउँदै सांसद केसीले नीतिगत निर्णयसम्बन्धी व्यवस्था थप प्रष्ट हुनुपर्छ भने।

‘नीतिगत निर्णय नै भ्रष्टाचारको मूल कारक हो, यससम्बन्धी प्रावधान हटाइनुपर्छ’, उनले भने, ‘मन्त्रिपरिषद्को निर्णय, संसदीय समितिका निर्णय अख्तियारले हेर्न नपाउने निर्णय हटाइनुपर्छ ।’

सांसद अमरेशकुमार सिंहले भ्रष्टाचार न्यूनीकरण गर्न राज्य सञ्चालक नै जिम्मेवार हुनुपर्ने बताए । एक पटकको भ्रष्टाचारी सधैँको भ्रष्टाचारी भएको उल्लेख गर्दै उनले भ्रष्टाचारीलाई कारबाहीको हद राख्न नहुनेमा जोड दिए।  

सांसद नारायणी शर्माले भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सक्ने गरी अख्तियारसम्बन्धी ऐन बढाइनुपर्ने बताए। सांसद श्यामकुमार घिमिरेले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउनै नहुनेमा जोड दिए।

सांसद रोशन कार्कीले संवैधानिक निकायमाथिका राजनीतिकरण बन्द हुनुपर्नेमा जोड दिँदै अराजनीतिक कारणबाट ती संस्थाले प्रभावकारी काम हुन नसकेको टिप्पणी गरे। सांसद राजेन्द्र केसीले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउन नहुने र निजी क्षेत्रका नियामक निकायको भूमिकालाई नै प्रभावकारी बनाइनुपर्ने बताए।

समिति सभापति रामहरि खतिवडाले उक्त संशोधन विधेयकमा ३२ सांसदले ६३ वटा संशोधन दर्ता गराएको जानकारी दिए। समितिले अर्को बैठकमा संशोधनकर्ता सांसदसँग थप छलफल गर्ने भएको छ ।  

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ६ : १६ बजे

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका

स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एकजना नियन्त्रणमा

सिरहा–  सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी

सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा दूधको उपलब्धता बढेर प्रतिव्यक्ति वार्षिक १२० देखि

विशेष महाधिवेशनले गरेको निर्णयलाई मान्नुपर्छ : गोपालमान श्रेष्ठ

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले विशेष महाधिवेशनले गरेको निर्णयलाई