‘ट्रम्प र पुटिनबीच फोनमा कुराकानी भएको भन्ने हल्ला अफबाह’   « Khabarhub

‘ट्रम्प र पुटिनबीच फोनमा कुराकानी भएको भन्ने हल्ला अफबाह’  


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन द्वन्द्वबारे गत साता फोनमा कुराकानी भएको भन्ने अमेरिकी सञ्चारमाध्यममा आएको समाचारको क्रेमलिनले सोमबार खण्डन गरेको छ ।

ट्रम्पले बिहीबार पुटिनसँग फोनमा कुरा गरेर द्वन्द्व नभड्काउन आग्रह गरेको ‘द वासिङ्टन पोस्ट’मा उल्लेख गरिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वासिङ्टन पोस्टमा प्रकाशित समाचार ‘गलत सूचना मात्र भएको’ बताए । 

‘द पोस्ट’का अनुसार ट्रम्पले उक्त फोनवार्तामा पुटिनलाई युरोपमा वासिङ्टनको ठूलो सैन्य उपस्थिति रहेको स्मरण गराएका थिए । ट्रम्पले युक्रेनको युद्ध चाँडै समाधान गर्ने विषयमा थप कुराकानी गर्ने इच्छा व्यक्त गरेको अमेरिकी पत्रिकासँगको कुराकानीमा धेरैले बताएका उल्लेख गरिएको छ । 

चुनाव प्रचारका क्रममा रिपब्लिकनले केही घण्टाभित्रै युद्ध अन्त्य गर्न सक्ने र पुटिनसँग सीधै कुरा गर्ने संकेत दिएका थिए । ट्रम्पले आफूले कसरी शान्ति सम्झौता गर्न चाहेको र कुन शर्तमा प्रस्ताव गर्न लागेको भन्ने बारे केही बताएको छैन । 

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ७ : ०९ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको